News Portal

स्वर्गीय पिताको स्मृतिमा अक्षयकोष

हिमाली संचार संवाददाता
१००७ पटक

सन्जिब राई
२९ भदौ २०७६, चितवन : कालिका नगरपालिका वडा नं.८ शक्तिखोर स्थायी निवासी समाजसेवी स्वर्गीय सोर बहादुर अधिकारीको स्मृतिमा चतुर्मुखी माध्यमिक विद्यालयमा अक्षयकोष निर्माण गरिएको छ।

उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको ब्यतित्व बिकास गर्ने उदेश्यका सरसफाई, गरिब तथा जेहेन्दार विद्यार्थीहरुको स्तोरउन्नतिका लागि छोराहरुद्वय कृष्ण बहादुर अधिकारी, वीरेन्द्र अधिकारी संरक्षक रहनेगरी द्वय छोराको विशेष पहलमा सिंगो परिवारको तर्फबाट “स्व.सोर बहादुर अधिकारी छात्रवृत्ति अक्षयकोष” नामाकरण गरी १ लाख १ सय ११ रुपैयाको अक्षयकोष खडा गरेर विद्यालयलाई हस्तान्तरण गरेका छन्।

उक्त विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर गुरुङले स-धन्यबाद सहितको ज्ञापनपत्र अधिकारी परिवारलाई हस्तांतरण गर्दै स्व.सोर बहादुर अधिकारीको धर्मपत्नी यशोदा अधिकारी, छोराहरु कृष्ण बहादुर अधिकारी, राम बहादुर अधिकारी, वीरेन्द्र अधिकारी र रामहरी अधिकारी सम्पुर्णमा आभार ब्याक्त गर्नु भएको छ।

यसरी समाजका स्तरोन्नतिको लागि यस विद्यालयमा अध्ययनरत विद्यार्थीको निम्ति सहयोग गर्न पाउदा अधिकारी परिवार समेत खुशी रहेको छोरा कृष्ण अधिकारीले बताएका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...