News Portal

मन्त्री योगेशलाई यात्रुहरुले र्‍याखर्‍याख्ती पारेपछि..[भिडियो सहित]

हिमाली संचार संवाददाता
८३८ पटक

बाँके २०७६, २८ भदौ : नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको बुद्ध एयरको जहाजमा यात्रुहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरेका छन्।

मन्त्रीले आफ्नो व्यक्तिगत प्रायोजनका लागि उडान होल्ड गरेको र सोही कारण एक घण्टा ढिला भएको भन्दै यात्रुहरूले मन्त्रीविरूद्ध जहाजमै नाराबाजी गरेका हुन्।

बुद्ध एयरको जहाज नेपालगञ्जबाट ६:२५ मा उड्ने तालिका थियो। यात्रुहरुूले मन्त्रीकै कारण डिले भएको आरोप लगाउँदै नाराबाजी गरेको भिडिओ सार्वजनिक भएको छ।

उक्त भिडिओमा निकै आक्रोशित देखिएका यात्रुहरूले मन्त्रीसँग सवाल पनि गरेका छन्। तपाईप्रति हाम्रो विश्वास थियो। कहिले प्रधानमन्त्री आउँदा पनि हामिले नै दु;ख पाउने।

आश गरिएका युवा मन्त्री आउँदा पनि हामिले नै सास्ती पाउने। यो कस्तो व्यवस्था हो?’ आक्रोशित यात्रुहरुले मन्त्रीसमक्ष बोलेका छन्। उक्त उडान मन्त्रीकै कारण डिले भएको वा अन्य केही कारणले डिले भएको हो? यसबारेमा विमानस्थल कार्यालय र बुद्ध एयरले कुनै पनि प्रतिक्रिया दिएका छैनन्।

मन्त्री भट्टराई कन्चनपुरको टिकापुर गएका थिए। उनी त्यहाँबाट फर्किंदा केही समय ढिला भएको मन्त्रीको सचिवालयले स्वीकार गरेको छ तर आफूहरुकै कारण उडान ढिला नभएको सचिवालयले दाबी गरेको छ।

‘जहाज साढे ६ बजे नेपालगञ्ज ल्यान्ड भएको थियो। एयरलाइन्सका कर्मचारीहरुले हामीलाई त्यही सूचना दिएका थिए। मन्त्री ज्यूले हामीलाई जहाज छुटे होटलमै बसौला भनिरहनुभएको थियो। हामी विमानस्थल पुग्दा ६:५० भएको थियो। त्यसपछि जहाज उडेको हो’ मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले सेतोपाटीसँग भने।

मन्त्री भट्टाराईले फेसबुकमार्फत् आफ्ना विरुद्ध नियोजित रुपमा उत्रिने केही व्यक्तीका कारण यो सब भएको तर जहाज भने जम्मा १५ मिनेट ढिला भएको बताएका छन्।

उक्त जहाजमा यात्रा गरिरहेका यात्रुहरुले पनि मन्त्रीका कारण एक घण्टा बढी ढिला भएको बताएका छन्। मन्त्रीका कारण उडान १ घण्टा ७ मिनेट ढिलाएको हो’ उक्त उडानमै रहेका यात्रु अविश अधिकारीले सेतोपाटीसँग भने। बाहिर सार्वजनिक भएको भिडिओ पनि आफैंले खिचेको उनले दाबी गरेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...