News Portal

मनाङमा हवाइजहाज ६ वर्षपछि पुग्यो

हिमाली संचार संवाददाता
७३६ पटक

 मनाङमा  — पक्की धावनमार्ग बनेसँगै ६ वर्षपछि हुम्डे विमानस्थलमा ६ वर्षपछि शुक्रबार उडान सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पहलमा समिट एयरले उडान भरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ, प्रमुख सचिव हरिप्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख डिआइजी बिनोद शर्मा घिमिरेलगायत १५ यात्रु पोखरा विमानस्थलबाट हुम्डे पुगेका थिए

मन्त्री लम्सालले नियमित उडानकालागि शुक्रबार परीक्षण गरिएको बताए । अन्तराष्ट्रिय पर्यटन दिवसको दिन असोज १० बाट नियमित उडानको तयारी गरिएको उनले जानकारी दिए । हवाई उडानसँगै पर्यटनसँगको सहकार्यमा मनै छुने मनाङ प्याकेज पनि बनाउन लागिएको उनको भनाइ थियो ।

२०७० देखि बन्द विमानस्थल सञ्चालनमा सफल भएको छ । ‘यसको निरन्तरताको लागि प्रदेश सरकार योजना बनाएको छ,’ उनले भने, ‘एक वर्षअघिको योजना आज सफल भएको छ । विमानस्थल सञ्चालनसँगै आवश्यक अन्य पूर्वाधार पनि बनाउने सरकारको योजना छ ।’ उनले गण्डकी प्रदेशको राजधानी पोखराबाट सातै प्रदेशमा सिधा हवाइ सम्पर्क गर्ने योजना रहेको सुनाए ।

नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष ०६९/७० मा ९ करोड रुपैयाँ खर्च गरेर यसअघिको ६ सय मिटरको धुले धावनमार्गलाई विस्तार गरी ९ सय मिटर ल्यापटप (कालोपत्रे) गरेको थियो । त्यतिबेला तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारीहरु चढेर मंसिरमा धावनमार्गमा हवाइजहाज परीक्षण गरिएको थियो । त्यसयता कुनै पनि जहाज मनाङ आएको छैन । कालोपत्रे भएको २ बर्षपछि तारा एयरको डोर्नियर जहाजले परीक्षण उडान गरेपनि निरन्तरता दिन सकेन । १ वर्षअघि एउटा ट्वीनअटर जहाजले चार्डर उडान भरेको थियो । पछिल्लो समय असार २० गते र त्यसअघि पुस २४ गते जहाज उडाउने तयारी गरिएको थियो । तर, सफल हुन सकेको थिएन ।

धावनमार्ग विस्तार र कालोपत्रे हुनुअघि साताको २ पटक उडान हुन्थ्यो । त्यतिनै समय मनाङसम्म सडकको ट्रयाक खुलेपछि हवाईजहाजले उडान नगरेको स्थानीयको भनाइ छ । मनाङमा नेपाल वायु सेवा निगमको ट्वीनअटर जहाजले मात्रै उडान भर्दै आएको थियो । नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक एटीसी (एयर ट्राफिक कन्ट्रोलर) सूर्यबहादुर खत्रीका अनुसार हिमपात र पानी परेको समय मनाङको आकासमा उडान भर्न सकिँदैन । ‘अहिले पनि मौसम सफा नहुँदा उडान भर्न गाह्रो छ । निकै सतर्कमा रहेर उडान गर्नुपर्ने हुन्छ’ उनले भने ।

पोखरा-मनाङ वा मनाङ-पोखरा हुँदा करीब २५ मिनेट लाग्छ । ३ हजार ३ सय ३० मीटर (११ हजार १ सय ४५ फिट) उचाइको हुम्डे विमानस्थलमा २०३९ साल असोजबाट उडान सुरु गरिएको थियो ।मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । आन्तरिक पर्यटक, कर्मचारी र जनप्रतिनिधिमात्रै आए पनि जहाज उडान नियमित हुने उनको भनाइ थियो । ‘बाहिरका पर्यटकसँगमात्र भर पर्नु भएन,’ उनले भने, ‘जिल्लाका सबै स्थानीय तह सहकार्य गर्नुस् । सरकार सहयोग गर्न तयार छ ।’ उडान नियमित गराउन सुरुका दिनमा प्रदेश सरकारले अनुदानसमेत दिन तयार रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...