आज : २०२६-०६-०५, शुक्रबार

सन्जिब ठकुरीले ल्याए “इसरामा चल्छ दुनियाँ” [भिडियो सहित]

काठमाडौं, २६ भदौ २०७६ : सन्जिब ठकुरीको “एकदिन मेरो इसरामा चल्छ दुनियाँ” बोलको डान्सिङ गीत हालै मात्र उनकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।

रोशन सिंहको शब्द तथा लय रहेको उक्त गीतमा सन्जिबले नै आवाज भरेका छन भने गीतलाई बिशाल निरौलाको संगीत संयोजन साथै कुमार रानाको अडियो मिक्सिङ्ग रहेको छ।

उक्त गीतको म्युजिक भिडियोमा क्रान्ति केसीको निर्देशन, अजय रेग्मीको छायांकन र क्रान्ति केसीकै सम्पादन रहेको छ। भिडियोमा सन्जिब ठकुरी र राजकुमार रोकाको अभिनय देख्न सकिन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।