News Portal

नेपालमा उत्पादित चुराेट भारतबाट बिना इस्टिकर नेपाल आउन थालेपछी..

हिमाली संचार संवाददाता
१०७० पटक

रबिन्द्र बराल
२३ भदौ, २०७६ : माेरङकाे सिमाबर्ति क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याएका सामाग्री प्रहरीले बरामद गरेको छ।

भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा ईलाका प्रहरी कार्यलय रंगेलीले अाफ्नाे महात्मा रहेकाे रंगेली, चाेप्राह, कर्सिया, नाेचा, डाईनिया, सिक्टि लगायतका स्थानहरुबाट साईकलकाे प्रयोग गरेर तस्करहरुले कपडा, साडि, चिनि, चुराेटाे तथा खाद्यान्न लगायत सामाग्रीहरु नेपाल ल्याउने क्रममा प्रहरीले बरामद गरेकाे हाे।

प्रहरीले नेपालबाट भारत तर्फ लैजादै गरेकाे ८ सय लिटर घरेलु मदिरा, काेेेक, ईस्प्राइट समेत बरामद गरेको छ।

बजारकाे मुल्य अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको रहेको र साेमबार बिराटनगर स्थित भन्सार कार्यलयमा बुझाईने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

केहि महिना अगाडि नेपालमा उत्पादन हुने खुकुरी चुरोट समेत भारतमा उत्पादन गरेर नेपाल भित्र्याउन थालेको छ।

चुरोटका बट्टाहरुमा राजस्वकाे इस्टिकर बिनाकाे हुबहु नेपाल तर्फ ल्याएर रंगेली, दर्वेशा, कर्सिया, अमरदह, अामबाडि लगायतका स्थानहरुमा उक्त खुकुरी चुराेट बिक्रीवितरण समेत हुदै अाएकाे छ।

स्राेतका अनुसार बिराटनगर भन्सारबाट सम्पुर्ण सामाग्रीहरु भारत तर्फ लगि पुनः डिब्बामा प्याक गरेर राजस्व छलि नेपाल भित्र्याउने गरेको स्राेतकाे दावी छ।

प्रतिकृया दिनुहोस्

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...