News Portal

संविधान मिचेर सांसदले मागे मृत्युदण्डको सजाय !  

हिमाली संचार संवाददाता
५५० पटक

काठमाडौं, २३ भदाै : प्रतिनिधिसभाको बैठकमा सांसदहरूले संविधानमा नै उल्लेख नभएको माग उठाएका छन्।

नेपालको संविधानमा मृत्युदण्ड दिने प्रावधान नभए पनि सांसदहरूले वीरगन्जकी १५ वर्षीया किशोरी मुस्कान खातुनमाथिको एसिड आक्रमणको घटनामा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका हुन्।

एसिड आक्रमण र बलात्कारको घटनामा संलग्न दोषीलाई संसद्मा बारम्बार मृत्युदण्ड दिनुपर्ने माग उठ्ने गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले एसिड आक्रमण गर्नेमाथिको कारबाही गर्ने कानुन फितलो भएकाले महिला एसिड आक्रमणको शिकार हुने गरेको बताउँदै कडा कानुन बनाउनुपर्ने माग गर्नुका साथै एसिड बिक्री–वितरणमा लाइसेन्स अनिवार्य हुनुपर्ने बताएका हुन्।

भदौ २० गते विद्यालय जाँदै गर्दा वीरगन्ज छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको घटनाले संसद्मा प्रवेश पाएको आजको नेपाल समाचारपत्रमा खबर छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...