News Portal

संविधान मिचेर सांसदले मागे मृत्युदण्डको सजाय !  

हिमाली संचार संवाददाता
७१२ पटक

काठमाडौं, २३ भदाै : प्रतिनिधिसभाको बैठकमा सांसदहरूले संविधानमा नै उल्लेख नभएको माग उठाएका छन्।

नेपालको संविधानमा मृत्युदण्ड दिने प्रावधान नभए पनि सांसदहरूले वीरगन्जकी १५ वर्षीया किशोरी मुस्कान खातुनमाथिको एसिड आक्रमणको घटनामा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका हुन्।

एसिड आक्रमण र बलात्कारको घटनामा संलग्न दोषीलाई संसद्मा बारम्बार मृत्युदण्ड दिनुपर्ने माग उठ्ने गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले एसिड आक्रमण गर्नेमाथिको कारबाही गर्ने कानुन फितलो भएकाले महिला एसिड आक्रमणको शिकार हुने गरेको बताउँदै कडा कानुन बनाउनुपर्ने माग गर्नुका साथै एसिड बिक्री–वितरणमा लाइसेन्स अनिवार्य हुनुपर्ने बताएका हुन्।

भदौ २० गते विद्यालय जाँदै गर्दा वीरगन्ज छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको घटनाले संसद्मा प्रवेश पाएको आजको नेपाल समाचारपत्रमा खबर छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...