News Portal

घरेलु कामदारलाई पुनः श्रमस्विकृती, दूतावासको सिफारिस अनिवार्य

हिमाली संचार संवाददाता
१००३ पटक

काठमाडौँ, २३ भाद्र : वैदेशिक रोजगार विभागले खाडी तथा मलेसियासहितका ४२ देशमा कार्यरत घरेलु कामदारलाई शुक्रबारदेखि पुनः श्रमस्वीकृति दिन थालेको छ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले श्रमस्वीकृति नरोक्न श्रम मन्त्रालयलाई निर्देशन दिएपछि विभागले कार्यान्वयनमा ल्याएको हो।

यसबाट खाडी तथा मलेसियामा कार्यरत झण्डै १ लाख ३९ हजार घरेलु कामदार स्वदेश फिर्ने बाटो खुलेको छ। विभागले २०७३ चैत २३ देखि घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिन रोकेको थियो।

विभागका सूचना अधिकारी भोलानाथ गुरागार्इंले काठमाडौं, जनकपुर, विराटनगर, बुटवल र पोखरास्थित श्रम कार्यालयबाट पुनः श्रमस्वीकृति दिन थालिएको बताए। यसका लागि कार्यरत देशका नेपाली दूतावासको सिफारिस भने अनिवार्य रहेको उनले जानकारी दिए।

विभागबाट श्रमस्वीकृति लिई रोजगारीमा गएका घरेलु कामदारको करार सम्झौता बमोजिम अवधि बाँकी देखिए, भिसाको अवधि बाँकी भए, कल्याणकारी कोष र बिमा भए पुनः श्रमस्वीकृति दिइनेछ।

यसअघि श्रमस्वीकृति नलिई गएको र रोजगारदाता परिवर्तन भएको अवस्थामा रोजगारदाता र कामदारबीचको करारपत्र चहिने विभागले जनाएको होम कार्कीले कान्तिपुरमा खबर लेखेका छन।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...