News Portal

घरेलु कामदारलाई पुनः श्रमस्विकृती, दूतावासको सिफारिस अनिवार्य

हिमाली संचार संवाददाता
९२३ पटक

काठमाडौँ, २३ भाद्र : वैदेशिक रोजगार विभागले खाडी तथा मलेसियासहितका ४२ देशमा कार्यरत घरेलु कामदारलाई शुक्रबारदेखि पुनः श्रमस्वीकृति दिन थालेको छ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले श्रमस्वीकृति नरोक्न श्रम मन्त्रालयलाई निर्देशन दिएपछि विभागले कार्यान्वयनमा ल्याएको हो।

यसबाट खाडी तथा मलेसियामा कार्यरत झण्डै १ लाख ३९ हजार घरेलु कामदार स्वदेश फिर्ने बाटो खुलेको छ। विभागले २०७३ चैत २३ देखि घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिन रोकेको थियो।

विभागका सूचना अधिकारी भोलानाथ गुरागार्इंले काठमाडौं, जनकपुर, विराटनगर, बुटवल र पोखरास्थित श्रम कार्यालयबाट पुनः श्रमस्वीकृति दिन थालिएको बताए। यसका लागि कार्यरत देशका नेपाली दूतावासको सिफारिस भने अनिवार्य रहेको उनले जानकारी दिए।

विभागबाट श्रमस्वीकृति लिई रोजगारीमा गएका घरेलु कामदारको करार सम्झौता बमोजिम अवधि बाँकी देखिए, भिसाको अवधि बाँकी भए, कल्याणकारी कोष र बिमा भए पुनः श्रमस्वीकृति दिइनेछ।

यसअघि श्रमस्वीकृति नलिई गएको र रोजगारदाता परिवर्तन भएको अवस्थामा रोजगारदाता र कामदारबीचको करारपत्र चहिने विभागले जनाएको होम कार्कीले कान्तिपुरमा खबर लेखेका छन।

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...