News Portal

क्यानडाबाट आचार्यले गरे असहाय बालबालिकाको अक्षयकोषमा सहयोग

हिमाली संचार संवाददाता
६९५ पटक

आरपी सहयात्री/युएई,८ सेप्टेम्बर : झापाली समाज युएईले स्थापना गर्न लागेको असहाय बालबालिकाहरुको अक्षयकोषमा झापाली समाज युएईका पुर्व केन्द्रीय सदस्य बिकास आचार्य “बिक्की”ले आर्थिक सहयोग गर्ने भएका छन्।

वैदेशिक रोजगारीको क्रममा लामो समय युएईमा रहेका बेला झापाली समाजका गतिविधिमार्फत समाजसेवामा होम्मिएका आचार्यले आफ्नो सहयोगको सिलसिला क्यानडामा पुग्दा समेत जारी राखेका छन्।

तीन वर्षअगाडि रोजगारीकै क्रममा क्यानडा पुगेका आचार्य हाल आफै ब्यावसाय गरिरहेका छन्। सहयोगी मनका धनी व्याक्तित्व आचार्यले युएईमा रहदा पनि समाजका महत्त्वपूर्ण अभियानमा आर्थिक, भौतिक लगायत सबै प्रकारका सहयोग गरेको अक्षयकोष संकलन समितिका संयोजक पारस लामाले स्मरण गरे।

झापाली समाज युएईले झापा जिल्लामा रहेका असहाय र जेहेन्दार बालबालिकाहरुको शिक्षामा सहयोग पुगोस् भनी १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ।

यो कोषमा गत वर्ष बिर्तामोडको सनराइज बैंकमा ५ लाख रुपैयाँ जम्मा गरिसकिएको छ भने आगामी तिहार अगाडि पुनः ५ लाख जम्मा गर्ने अभियान जारी रहेको अभियान संकलन समितिका कोषाध्यक्ष कृष्ण फुयालले जनाएका छन्।

झापाली समाज युएईका आजिवन सदस्य समेत रहेका आचार्यले यो कोषमा आफ्ना बुबा मीनराज आचार्य, आमा निर्मला आचार्य र आफ्नो नाममा गरी नेपाली १० हजार रुपैयाँ जम्मा गर्ने भएका हुन।

यो अभियान आगामी सेप्टेम्बर १५ सम्म रहने र अक्षयकोष नियमावली जारी गरी सबै दाताहरुलाई अभिलेखिकरणका साथै सम्मान गर्ने समाजले बताएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...