News Portal

क्यानडाबाट आचार्यले गरे असहाय बालबालिकाको अक्षयकोषमा सहयोग

हिमाली संचार संवाददाता
७६४ पटक

आरपी सहयात्री/युएई,८ सेप्टेम्बर : झापाली समाज युएईले स्थापना गर्न लागेको असहाय बालबालिकाहरुको अक्षयकोषमा झापाली समाज युएईका पुर्व केन्द्रीय सदस्य बिकास आचार्य “बिक्की”ले आर्थिक सहयोग गर्ने भएका छन्।

वैदेशिक रोजगारीको क्रममा लामो समय युएईमा रहेका बेला झापाली समाजका गतिविधिमार्फत समाजसेवामा होम्मिएका आचार्यले आफ्नो सहयोगको सिलसिला क्यानडामा पुग्दा समेत जारी राखेका छन्।

तीन वर्षअगाडि रोजगारीकै क्रममा क्यानडा पुगेका आचार्य हाल आफै ब्यावसाय गरिरहेका छन्। सहयोगी मनका धनी व्याक्तित्व आचार्यले युएईमा रहदा पनि समाजका महत्त्वपूर्ण अभियानमा आर्थिक, भौतिक लगायत सबै प्रकारका सहयोग गरेको अक्षयकोष संकलन समितिका संयोजक पारस लामाले स्मरण गरे।

झापाली समाज युएईले झापा जिल्लामा रहेका असहाय र जेहेन्दार बालबालिकाहरुको शिक्षामा सहयोग पुगोस् भनी १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ।

यो कोषमा गत वर्ष बिर्तामोडको सनराइज बैंकमा ५ लाख रुपैयाँ जम्मा गरिसकिएको छ भने आगामी तिहार अगाडि पुनः ५ लाख जम्मा गर्ने अभियान जारी रहेको अभियान संकलन समितिका कोषाध्यक्ष कृष्ण फुयालले जनाएका छन्।

झापाली समाज युएईका आजिवन सदस्य समेत रहेका आचार्यले यो कोषमा आफ्ना बुबा मीनराज आचार्य, आमा निर्मला आचार्य र आफ्नो नाममा गरी नेपाली १० हजार रुपैयाँ जम्मा गर्ने भएका हुन।

यो अभियान आगामी सेप्टेम्बर १५ सम्म रहने र अक्षयकोष नियमावली जारी गरी सबै दाताहरुलाई अभिलेखिकरणका साथै सम्मान गर्ने समाजले बताएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...