News Portal

यिनै हुन विवाह भएको ३ महिनामै श्रीमतीको हत्या गर्ने श्रीमान

६५८ पटक

बारा : देवताल गाउपालिका–६, रौवाहीमा आइतबार राति एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय २२ वर्षीय अनिल प्रजापतिले १९ वर्षीया ममता देवी पण्डितको घाँटी थिचेर हत्या गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ ।

सामान्य विवादको कारण प्रजापतिले श्रीमतीको आफलेै हत्या गरेको स्वीकारेका छन् । घटनाको भित्री रहस्य खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको जानकारी भएपश्चात आइतबार राती बाराका प्रहरी उपरीक्षक मिरा चौधरी, प्रहरी नायव उपरीक्षक रंन्जित सिंह राठौर, तेलकुवा प्रहरी चौकीका सहायक निरीक्षक धनपति गुरागार्इँ लगायतको सुरक्षा टोली घटनास्थलमा पुगी सोधपुछ गरेको थियो ।

सुरक्षा निकायको सोधपुछको क्रममा परिवारजनले अज्ञात समूहबाट बुहारीको हत्या भएको जानकारी गराएका थिए । परिवार पक्षले अज्ञात समूहबाट हत्या प्रयासको क्रममा प्रजापतिलाई समेत घाइते बनाएको दावी गरेको थिए ।

घाइते भएका प्रजापतिलाई राती नै कलैया अस्पतालमा उपचार गराई प्रहरीले नियन्त्रणमा लिई बयानको क्रममा उनले आत्मसमर्पण गरेको प्रहरीको दावी रहेको छ । श्रीमतीको हत्यामा संलग्न प्रजापतिलाई तेलकुवा प्रहरी चौकीको सहकार्य गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको तथा मृतकको शव पोष्टमार्टमको लागि कलैया अस्पतालको शव गृहमा राखिएको प्रवक्ता राठौरले बताउनुभएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–१०, बस्ने ममता देवी पण्डितको विवाह गएको वैशाख २८ गते अनिल प्रजापतिसँग समाजिक परम्परा अनुसार भएको थियो । उज्यालोबाट

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...