News Portal

विमलेन्द्र निधिले क्रिश्चियनको पैसा खाएको खुलासा

हिमाली संचार संवाददाता
६३० पटक

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण बिभागले प्रदेश ३ का सात वटा जिल्लाको भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपसभपाति एवम् प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले हिन्दूराष्ट्रको विरोध गरेपछि प्रशिक्षण कार्यक्रममा हँगामा भएको छ।

प्रदेश ३ का सात वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा शनिबार उपसभापति निधिले हिन्दूराष्ट्रको विरोध गर्दै धर्म निरपेक्षताको पक्षमा धारणा राखपछि प्रशिक्षण कार्यक्रममा हँगामा भएको हो।

प्रशिक्षण कार्यक्रमा निधिले युरोपियन युनियनका पैसा खाएर क्रिश्चियन धर्मको पक्षमा र हिन्दूधर्मको विपक्षमा अभियान चलाएको भन्दै बहुमत महासमिति सदस्यहरूले शनिबार हँगामा मच्चाएका हुन्।

अवस्था उत्तेजित भएर सम्हाल्नै नसक्ने अवस्थामा पुगेपछि निधिका लागि सुरक्षामा खटिएका सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी मञ्चमै उक्लिएिका थिए।

भक्तपुर जिल्लाको ठिमीको बोडेमा शुक्रबार र शनिबार दुई दिन आयोजित प्रशिक्षण कार्यक्रममा प्रदेश ३ का सात जिल्लाहरू भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र नुवाकोटका महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेपाली कांग्रेस उपसभापति तथा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक निधिले शनिबार बोल्ने क्रममा हिन्दूराष्ट्रको विपक्षमा धारणा राखेपछि अधिकांश महासमिति सदस्यहरूले नेपाली कांग्रेस सनातन हिन्दू राज्यको विषयमा जनमत संग्रहमा जानुपर्ने धारणा राखेको एक जना महासमिति सदस्यले जनाएका छन्।

नेपाली कांग्रेसका तर्फबाट प्रदेश सांसद नरोत्तम बैद्य, महासमिति सदस्य कृष्णा अमात्य, ऋषिराम घिमिरे लगायत चार दर्जन बढी महासमिति सदस्यहरूले हिन्दूराज्यको विपक्षमा धारणा राखेको भन्दै उपसभापति निधिको आलोचना गरेका थिए।

प्रशिक्षण कार्यक्रममा करीब २० मिनेटसम्म उपसभापति निधिको विपक्षमा हो-हल्ला भएको थियो। उपसभापति निधिको विरुद्ध मञ्चमा होहल्ला भएपछि निधिनका अंगरक्षकहरू स्टेजमा आएका थिए।

त्यसपछि झन् निधिविरुद्ध प्रशिक्षण कार्यक्रममा हँगामा भएको थियो। विरोध भएपछि उपसभापति निधिले आफ्ना सुरक्षाकर्मीहरूलाई हातले संकेत गरेर मञ्चभन्दा बाहिर जान निर्देशन दिएका थिए।

प्रशिक्षण कार्यक्रममा निधिको विरोध गर्नेहरूले क्रिश्चियनको पैसा खाएको आरोप लगाएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रामजानकीको विवाह महोत्सवमा जनकपुरधाममा आउने क्रममा पनि निधिले विरोध जनाएका थिए।

निधिले मोदीको जनकपुर भ्रमणको विरोध गर्दै काठमाडौंमा आफू निकटका पत्रकारहरूलाई नयाँबानेश्वरको भीमसेनगोलामा बोलाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...