News Portal

नुवाकोटमा नेकपाका नेताहरूले झोलुङ्गे पुल काटेर कवाडीलाई बेचे यसरी बाँडे पैसा

हिमाली संचार संवाददाता
५२० पटक

नुवाकोट -नुवाकोटको विदुर नगरपालिकामा नेकपाको नाममा भैरहेको गैरकानुनी गतिबिधिको चाङ् बढ्दै गएको  छ। मेयरले नै अनेक मान्छे लगाएर रातमा बालुवा तस्करी गराउनेदेखि प्राकृतिक स्रोतको दोहनमा नेकपाका नेता कार्यकर्ताको उल्लेखनीय योगदान देखिएको छ । नेकपाले चुनाव जितेको विदुर नगरपालिकाका केही वडामा कांग्रेसले पनि चुनाव जितेको छ । तर दुबै दलको प्रतिस्पर्धा राम्रो काममा भन्दा पनि बद्मासीमा देखिएको छ ।

केही समयअघिमात्र एक जना कांग्रेस नेता समेत रहेका वडा नम्बर ३ का अधयक्षले मदिराको मातमा सर्वसाधरणको घरमा ढुंगामुढा गरेको सेलाउन नपाउँदै नेकपाका दुइ नेताले मिलेर झोलुङ्गे पुलनै काटेर बेचेको खुलासा भएको छ । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेका हुन । उनीहरू दुबै नेकपाका नेता हुन ।

उक्त पुल बेचेको पैसाबाट चित्रकारले ३५ हजार र पुडासैनीले ३५ हजार भागवण्डा गरेका हुन । अझ पछिल्लो समय झोलुङ्गे पुलनै काटेर बेची वडा अध्यक्षहरूले पैसा भागवण्डा गरेको विषयले बजार तातिएको छ । झोलुङ्गे पुलनै काटेर बेच्दा पनि चुँ नगरेका विदुरका मेयर सञ्जु पण्डित अहिले भ्रम छर्न तल्लीन देखिएका छन । उनी उक्त पुल गल्छी-त्रिशुली सडक आयोजनाले काटेर फ्याँकेको र नगरपालिकाले व्यवस्थापनमात्र गरेको तर्क गर्न थालेका छन । दैनिकीसँग कुरा गर्दै मेयर पण्डितले विषय पुरानै भए पनि मिडियामा भर्खरैमात्र अाएको भन्दै सडक अायोजनाले काटेर फालेको पुल वडाले व्यवस्थापन गरेको दाबी गरे । उनले वडा अध्यक्षले नै पुल काटेको भए अाफूले पहिल्यै नै कारबाही गरिसक्ने बताए ।

जबकी सडक आयोजनाले उक्त पुलमाथि छड्के नजर समेत नलगाएको बताएको छ । सडक आयोजनाका प्रमुख नारायण भण्डारीले तत्कालीन प्रमुख सुवोधकुमार देवकोटालाई उधृत गर्दै आयोजनाले उक्त झोलुङ्गे पुलमा छड्के नजरसमेत नलगाएको बताउँछन । उनका अनुसार झोलुङ्गे पुलका सम्बन्धमा आयोजनाले कुनै पनि दख्खल दिएको छैन । मेयर पण्डितसहित वडा अध्यक्षहरू कानुनी कारबाहीको भागिदार हुने भएपछि नेकपाका नेताहरू बचउमा लागेका छन । यद्यपी यसमा निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गरिनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...