News Portal

अफगानिस्तानमा १२ लडाकू मारिए

हिमाली संचार संवाददाता
७०२ पटक

अफगानिस्तान – अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन् ।

देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू हुन् ।

अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला र त्यसको वरीपरी शुक्रबार विषेश सुरक्षा कारबाही अभियान चलाएको थियो ।

सो सुरक्षा कारबाही अभियानका क्रममा अरु १७ जना लडाकू घाइते भएको पनि सैन्य प्रवक्ता रेजाईले बताए ।

उनले कारबाहीको शिलशिलामा सरकारी सुरक्षाकर्मीतर्फ कुनै क्षति नभएको दाबी पनि गरे । घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन ।

तालिबान लडाकूहरुले पछिल्लो दश दिनमा उत्तरी क्षेत्रको बाल्ख, कुन्दुज, बाघ्लान र पश्चिमी क्षेत्रका केही ठाउँमा आफ्ना गतिविधिहरु बढाएका थिए ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...