News Portal

अवकाशप्राप्त नुवाकोटका एक शिक्षकलाई अख्तियारको मुद्दा

हिमाली संचार संवाददाता
८७५ पटक

काठमाडौँ, २१ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका एक सेवानिवृत्त प्रधानाध्यापक हरिराम भण्डारीसहित ३ जनामाथि सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ।

आयोगले विदुर नगरपालिकाको सुलक्षण माविमा कार्यरत तत्कालीन प्रधानाध्यापक भण्डारीले अनुचित सेवासुविधा लिनुभएको कार्यमा निमित्त प्रधानाध्यापक केशवबहादुर बस्नेत र विद्यालय निरीक्षक कुमारप्रसाद तिमिल्सिनाले सहयोग गरेको दाबीसहित सजायको माग गरेको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले तीनै जनामाथि छुट्टाछुट्टै २३ हजार ९९९ रुपियाँ बिगो कायम गरी सजायको माग गरिएको बताउनुभएको छ।

भण्डारीले बिदामा बसेको बखतको सेवा सुविधा लिएको आयोगको अनुसन्धानबाट खुलेको हो।

आयोगले महोत्तरीको भङ्गाहा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रफिक आलम र वडासदस्य कारी साहु र उहाँका छोरा मुकेश साहमाथि १ लाख ६० हजार रुपियाँ बिगो कायम गरी विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...