News Portal

सिंगापुरबाट प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किँदै

हिमाली संचार संवाददाता
४८४ पटक

काठमाडौं, २० भदौ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सिंगापुरबाट शुक्रबार स्वदेश फर्किँदैछन्। उनका प्रेस सल्लाहाकार डा.कुन्दन अर्यालले सिंगापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए।

स्वास्थ्य स्थिति बुझ्न भन्दै सिंगापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्कने छन्।

मिर्गाैलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए। नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियामार्फत उनको उपचार गरिएको थियो।

सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधबार सकिएपछि प्रधानमन्त्री स्वेदश फर्किन लागेका हुन्।

प्रधानमन्त्रीको साथमा उनकी पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा.दिव्यासिंह शाह भने यसअघि नै फर्किइसकेका छन्।

उपचारकै क्रममा सिंगापुरमा रहँदा प्रधानमन्त्री ओलीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषदका सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...