News Portal

नेपाल कुवेतसँग ७-० ले पराजित

हिमाली संचार संवाददाता
८६८ पटक

कुवेत, ६ सेप्टेम्बर : फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपाल कुवेतसँग ७-० ले पराजित भएको छ।

गएराति कुवेतको कैफानस्थित अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल खायो तर, नेपालले एक गोल पनि फर्काउन सकेन।

फिफा वरियतामा नेपालभन्दा कुवेत ४ औं स्थान माथि छ तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन।

नेपाल र कुवेत प्रतिस्पर्धाको इतिहास यस्तो छ : 

नेपालले गत चैतमा कुवेतविरुद्व दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो खेल नेपालले १-० गोलअन्तरले हारेको थियो। हेड टु हेडको आधारमा हालसम्म खेलिएका ६ खेलमध्ये ५ खेलको नतिजा कुवेतले आफनो पक्षमा पारेको छ भने बाँकी १ खेल बराबरीमा सकिएको थियो।

नेपालले सन् १८८२ नोभेम्बरमा भएको एशियन गेम्समा पहिलोपटक कुवेतसँग खेलेको थियो। सो खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको थियो। दोस्रो भेट सन् १९८६ को एशियन गेम्समा भएको थियो, त्यतिबेला नेपाल कुवेतसँग ५-० गोल अन्तरले पराजित भयो। त्यसैगरी सन् १९९४ मा भएको एशियन गेम्समा नेपाल कुवेतसँग ८-० गोल अन्तरले पराजित भएको थियो।

सन् २००० मा भएको एशियन गेममा कुवेतसँग नेपाल ५-० गोल अन्तरले पराजित हुन पुग्यो। त्यस्तै नेपालले गत चैतको पहिलो सातामा भएको अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो। यो नै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...