News Portal

नेपाल कुवेतसँग ७-० ले पराजित

हिमाली संचार संवाददाता
९४९ पटक

कुवेत, ६ सेप्टेम्बर : फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपाल कुवेतसँग ७-० ले पराजित भएको छ।

गएराति कुवेतको कैफानस्थित अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल खायो तर, नेपालले एक गोल पनि फर्काउन सकेन।

फिफा वरियतामा नेपालभन्दा कुवेत ४ औं स्थान माथि छ तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन।

नेपाल र कुवेत प्रतिस्पर्धाको इतिहास यस्तो छ : 

नेपालले गत चैतमा कुवेतविरुद्व दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो खेल नेपालले १-० गोलअन्तरले हारेको थियो। हेड टु हेडको आधारमा हालसम्म खेलिएका ६ खेलमध्ये ५ खेलको नतिजा कुवेतले आफनो पक्षमा पारेको छ भने बाँकी १ खेल बराबरीमा सकिएको थियो।

नेपालले सन् १८८२ नोभेम्बरमा भएको एशियन गेम्समा पहिलोपटक कुवेतसँग खेलेको थियो। सो खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको थियो। दोस्रो भेट सन् १९८६ को एशियन गेम्समा भएको थियो, त्यतिबेला नेपाल कुवेतसँग ५-० गोल अन्तरले पराजित भयो। त्यसैगरी सन् १९९४ मा भएको एशियन गेम्समा नेपाल कुवेतसँग ८-० गोल अन्तरले पराजित भएको थियो।

सन् २००० मा भएको एशियन गेममा कुवेतसँग नेपाल ५-० गोल अन्तरले पराजित हुन पुग्यो। त्यस्तै नेपालले गत चैतको पहिलो सातामा भएको अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो। यो नै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...