News Portal

तिजको हर्ष उल्लास जताततै भएपनि मायादेवीलाई तिजले छाेएन !

हिमाली संचार संवाददाता
९५० पटक

रबिन्द्र बराल
भदौ १४ शनिबार : मोरङको रंगेली नगरपालिका वार्डन–७ मा वस्दै आएका मायादेवी ढकाल परिवारलाई विगतको वर्षझै यसवर्ष पनि तिजको रमझमले छुुुन सकेको छैन। ७० वर्षिया मायादेवी ३० वर्षिया छोरी गिता र ४० वर्षिय छोरा तारा बहादुर ढकालसंगै वस्छिन।

मायादेवीले गरिवि र घरको पिडाका कारण तिज मनाउन नसकेको वताइन। तिजको रहर कस्तो हुुन्छ अव त विर्सि नै सकियो उनि भन्छिन तिज आउछ जान्छ तिज मनाउन न त परिवारमा मान्छे नै छन न त घरमा केहिनै छ।

झण्डै १५ वर्ष अघि श्रीमानको मृत्युु भएपछि आफुुहरुले गरिविका कारण तिजमात्र होइन कुुनै चाडपर्वको खुुशिका साथ मनाउन नसकेको उनको भनाइ छ। छोराछोरीले साहारा दिनुुपर्ने यो उमेरमा छोराछोरीको सहारा आफुु वनेको उनि सुुनाउछिन।

भगवान शिवको आर्शिवाद पाइन्छ कि भनेर तिजको व्रतभने लिने गरेको उनि वताउछिन। मिठो मसिनो घरमा केहि छैन केखाने त्यहि भएरपनि आफनो कर्तव्य निभाउछुु व्रत लिन्छुु उनी भन्दछिन केहि गर्न खोज्दा दम वढ्छ धेरै कष्ठ हुुन्छ चाडवाडमा मिठो मसिनो खान त मन लाग्छ तर पाए त खानुु कसले दिन्छ।

घरमा जे छ त्यो छोराछोरीलाई पकाएर ख्वाउछी छोरो लाटो छ घरभन्दा वाहिर धेरै वस्छ दिनभरी चर्को घाममै पनि वसिन्दिछ त्यस्तैमा रमाउछ केगर्नुु उनले भनिन।

छरछिमेकीमा छोरीचेली आएको देख्दा आफनो परिवारकासाथ सवै मिलेर तिज मनाउने रहर जागेपनि गरिवि र छोराछोरीका अवस्था हेरेपछि ती सवै रहर आशुुमा वग्ने गरेको उनि सुुनाउछिन।

सुुकुुम्वासी ती परिवार वसपार्क सडक छेउको ऐलानी जग्गामा वस्दै आएको थियो। सडक र वसपार्क विस्तारगर्ने क्रममा परिवारको उठिवास भएपछिन रंगेली नगरपालिकाकाले वस्न पाचधुुर जग्गा उपलव्ध गराएको थियो। उक्त जग्गामा टहरा वनाएर सो परिवार वस्दै आएका छन।

जेठी छोरीको छोराले घरमा आएर विद्यार्थीलाई टयुुसन पढाउने गरेको र त्यहि टयुुसन फि बाट उनको घर चल्ने गरेको सुुनाउदै उनि भन्छिन पहिले त सानोतिनो व्यापार गरेर जिविका चलााउथ्ये अव त शरीरले पनि सक्दैन के गरेर कमाउनुे कसरी परिवार चलाउने।

यस्तो अवस्थमा सवैलाई सहयोग समेत गर्न उनले आग्रह समेत गरेकि छिन। ३० बर्षकाे छाेरी भएता पनि उनी समेत शुष्त मनस्थिति छिन दैवले हामी गरिव परिवारलाई सधैं हेला गरेको बताईन।

घरकाे कान्छो छाेराले समेत घरकाे विजाेग देखेर ३ बर्ष अगाडि अात्माहत्या गरि मरेकाे भन्दै बिलाैना समेत गरिन। घरमा नत खाने अन्न छ न त काेहि साहारा नै छ यस्तो अवस्थामा कसैले सहयोग गरिदिए ठुुलो राहत हुुने उनि सुुनाउछिन।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...