News Portal

हवाई भाडा छुट दिन सञ्चालकहरुद्वारा अस्वीकार

हिमाली संचार संवाददाता
८६२ पटक

काठमाडौं, ११ भदौ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरे। एक वर्षको कार्ययोजना सार्वजनिक गर्दै उनले उक्त घोषणा गरेका थिए।

मन्त्री भट्टराईले यसका लागि वायुसेवा सञ्चालकहरूसँग छलफल गरी निष्कर्ष निकाल्ने पनि बताएका थिए तर उनको घोषणामै प्रतिक्रिया आइसकेको छ। अर्थात् वायुसेवा सञ्चालकहरुले यसलाई अस्वीकार गरिदिएका छन्।

अहिलेकै अवस्थामा नागरिकलाई कुनै पनि निश्चित छुट दिन सकिने अवस्था नभएको उनीहरूले बताएका छन्। एयरलाइन्सहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले अहिलेको कानुन, नियम तथा अवस्थाले पनि भाडा छुटलाई बाध्यकारी बनाउने कुरा स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएको छ।

संघले मन्त्रालयलाई पत्राचार गर्दै सो कुरा जानकारी गराएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०५८ मा कहीँकतै पनि कुनै वर्ग, समूह, उमेर, शारीरिक अवस्था वा अन्य त्यस्तै कुनै कारणबाट हवाई भाडामा सहुलियत वा छुट दिनुपर्ने बाध्यतात्मक व्यवस्था हामीलाई छैन’ संघले पठाएको पत्रमा भनिएको छ।

संघले एयरलाइन्सहरू आफैंले छुट दिन नसक्ने तर राज्यले छुट दिने नीति लिएमा त्यसको कार्यान्वयन गर्न भने तयार रहेको बताएको छ। यात्रु सेवा शुल्क, ईन्धन शुल्क, नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवाबाट निःशुल्क छुट दिन वा यात्रा गराउन सक्नेतर्फ विकल्प पनि संघले सुझाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...