News Portal

तरुण दल बाकेका सदस्य श्रेष्ठले जन्मदिनको खर्च कटाएर ब्रेन ट्यूमर विरामीको उपचारमा गरे सहयोग

हिमाली संचार संवाददाता
२३४६ पटक

नेपालगन्ज – नेपाल तरुण दल नेपालगन्ज उपमहानगर कमिटीका सदस्य उमंग युगल श्रेष्ठले आफ्नो जन्मदिनको खर्च कटाएर ब्रेन ट्यूमर पीडित विरामीको उपचारको लागि सहयोग गरेका छन् ।

बाँकेको खजुरा निवासी लक्ष्मी शाहीको उपचारको लागि श्रेष्ठले १५ हजार सहयोग गरेका हुन । केही वर्षदेखि ब्रेन ट्युमरले ग्रशित शाही उपचारको लागि आर्थिक अभावमा खजुरास्थित माईती घरमा बस्दै आएकी छन् ।

शाहीले आर्थिक अभावमा उपचार गर्न नसकी माइतीमै आश्रय लिएर बसेको जानकारी पाएपछि आफुले जन्मदिन मनाएर फाजुल खर्च गर्नु भन्दा उनको जीवन बचाउन केही मद्दत गर्न उचित ठानेर सानो रकम सहयोग गरेको हुँ’–श्रेष्ठले भने ।

श्रेष्ठले नेपाल तरुण दल नेपागलगन्ज उपमहानगर कमिटीका अध्यक्ष संदिप जंग शाहलाई सो रकम हस्तन्त्रण गरेका थिए । नगर अध्यक्ष शाहले आफुहरुले शाहीको अवस्था जानकारी पाएपछि उनको उपचारको लागि सहयोग जुटाउन पहल गरेको बताए ।

पीडित लक्ष्मीकोे बिरामीको बारेमा जानकारी पाएपछि उनका श्रीमानले अर्को विवाह गरी बेपत्ता भएपछि उनी रोग पालेर माइतीमा आश्रय लिन बाध्य भएको जानकारी पाएपछि आफुहरु उनको जीवन बचाउनको लागि केही गरौ भन्ने सोचले पहल गरेको अध्यक्ष शाहले बताए । सो अवसरमा तरुण दल बाँकेका सचिव बिनोद रिजालको समेत उपस्थिति रहेको सदरलाइनडटकममा समाचार छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...