News Portal

तरुण दल बाकेका सदस्य श्रेष्ठले जन्मदिनको खर्च कटाएर ब्रेन ट्यूमर विरामीको उपचारमा गरे सहयोग

हिमाली संचार संवाददाता
२२१६ पटक

नेपालगन्ज – नेपाल तरुण दल नेपालगन्ज उपमहानगर कमिटीका सदस्य उमंग युगल श्रेष्ठले आफ्नो जन्मदिनको खर्च कटाएर ब्रेन ट्यूमर पीडित विरामीको उपचारको लागि सहयोग गरेका छन् ।

बाँकेको खजुरा निवासी लक्ष्मी शाहीको उपचारको लागि श्रेष्ठले १५ हजार सहयोग गरेका हुन । केही वर्षदेखि ब्रेन ट्युमरले ग्रशित शाही उपचारको लागि आर्थिक अभावमा खजुरास्थित माईती घरमा बस्दै आएकी छन् ।

शाहीले आर्थिक अभावमा उपचार गर्न नसकी माइतीमै आश्रय लिएर बसेको जानकारी पाएपछि आफुले जन्मदिन मनाएर फाजुल खर्च गर्नु भन्दा उनको जीवन बचाउन केही मद्दत गर्न उचित ठानेर सानो रकम सहयोग गरेको हुँ’–श्रेष्ठले भने ।

श्रेष्ठले नेपाल तरुण दल नेपागलगन्ज उपमहानगर कमिटीका अध्यक्ष संदिप जंग शाहलाई सो रकम हस्तन्त्रण गरेका थिए । नगर अध्यक्ष शाहले आफुहरुले शाहीको अवस्था जानकारी पाएपछि उनको उपचारको लागि सहयोग जुटाउन पहल गरेको बताए ।

पीडित लक्ष्मीकोे बिरामीको बारेमा जानकारी पाएपछि उनका श्रीमानले अर्को विवाह गरी बेपत्ता भएपछि उनी रोग पालेर माइतीमा आश्रय लिन बाध्य भएको जानकारी पाएपछि आफुहरु उनको जीवन बचाउनको लागि केही गरौ भन्ने सोचले पहल गरेको अध्यक्ष शाहले बताए । सो अवसरमा तरुण दल बाँकेका सचिव बिनोद रिजालको समेत उपस्थिति रहेको सदरलाइनडटकममा समाचार छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...