News Portal

तलव नपाएको भन्दै शिक्षकले छोडेपछि कार्यालय सहयोगीको भरमा विद्यालय

हिमाली संचार संवाददाता
८८१ पटक

इन्द्र बुढाथोकी/सल्यान, ५ भदौ : सल्यानको एक विद्यालयमा शिक्षकले समयमा तलव नपाएको भन्दै विद्यालय छोडेपछि कार्यालय सहयोगीको भरमा विद्यालय सञ्चालन हुदै आइरहेको छ।

जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका वडा नं. ४ देउलीमा रहेको बाललिला प्राथमिक विद्यालयका शिक्षक प्रकाश बुढाले समयमा तलव नपाएको भन्दै पढाउन छाडेपछि कार्यालय सहयोगीले पढाउदै आइरहेकी छन्।

२०६६ सालमा स्थापना भएपनि हालसम्म एकजना पनि दरबन्दिमा शिक्षक नहुँदा नीजिस्रोतबाट शिक्षक राख्दै आइरहेको छ। कार्यालय सहयोगी राधिका परियार शिक्षक बनेर पढाई रहेकी छन्।

विद्यालयको पठनपाठनमा भन्दा कार्यालयको काममा हाजिर भएपनि शिक्षक नहुँदा पढाउन बाध्य भएको परियारले बताइन । उनले भनिन ‘विद्यालयमा दरबन्दी शुन्य छ निजि स्रोतका एक शिक्षकले तलव नपाएको भन्दै छोडीसके अर्को एक जना हुनुहुन्छ उहाँले पनि विगत एक वर्षदेखि तलव पाउनु भएको छैन । उहाँलाई सहयोग गर्न मैलै पढाइ रहेकी छु।

स्थानीय सरकार विद्यार्थीको भविश्यसँग जोडिएको शिक्षा क्षेत्रमा जिम्मेवार नभएको शिक्षिका जयन्ती बुढाले बताइन। विद्यालयमा सामान्य दैनिक आवश्यक पर्ने कागजातहरु, शिक्षक, विद्यार्थी हाजिरी चक डस्टर आफ्नो व्यक्तिगत लगानीमा किन्ने गरेको उनको भनाई छ। उनले भनिन साना विद्यार्थीको भविश्य नविग्रियोस भनेर तलव विनै एक वर्षदेखि पढाई रहेकी छु । त्यतिमात्र नभएर कार्यालयमा आवश्यक पर्ने सामागी समेत किन्दै आइरहेकी छु।

निजिस्रोतका शिक्षकलाई भने अनुसार तलब दिन नसक्दा र समयमा तलव दिननसक्दा शिक्षकले बिचमै विद्यालय आउन बन्द गर्दा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम बहादुर बुढाले बताए।

नगरपालिकामा शिक्षा क्षेत्रमा छुट्याएको करोडौ बजेट फिर्ता हुन्छ तर नगरपालिका भित्रका सामुदायिक विद्यालयको अवस्था भने निकै दर्दनाक छ उनले भने। ‘कहि कतै आम्दानीको स्रोत छैन र विद्यार्थीबाट शुल्क उठाउन पाइदैन। गाउँमा गएर चन्दा उठाउने हो सबैले दिदैनन्। शिशुदेखि कक्षा तीनसम्म पढाई हुने उक्त विद्यालयमा २६ विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन्।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...