News Portal

मधेससँग ‘लभ’ परेको बताउँदै दाहालले मधेसवासीलाई आश्वासन बाँडे

हिमाली संचार संवाददाता
५८५ पटक

जनकपुर : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले समृद्धि र विकासको प्याकेजसहित प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आफू छिट्टै तराई-मधेसमा आउने आश्वासन बाँडेका छन् । सोमबार धनुषाको बरमझियामा आयोजित सहिद रामवृक्ष यादवको स्मृति सभामा बोल्दै दाहालले तराई-मधेसको विकासमै पहाडको पनि समृद्धि जोडिएको बताए ।

मधेसको समस्याबारे प्रधानमन्त्रीसँग छलफल भएको बताउँदै दाहालले बाढीको क्षति न्यूनिकरण, सुक्दै गएको जलाधार, आगलागी, डुबानको समस्या हटाउन ‘मास्टर प्लान’ आवश्यक रहेको बताए । ‘यी सबै समस्याको दीर्घकालीन समाधान हुनुपर्छ।

चुरेको संरक्षणको मास्टर प्लान नगरेसम्म तराईलाई जोगाउन सकिन्न,’ दाहालले भने, ‘जनता आवास, जनताको तटबन्ध, रेलमार्ग, हुलाकी मार्ग, फास्ट ट्र्याक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल लगायतको परियोजनाले मधेस-तराईले विकासमा फड्को मार्छ । हामी दुवै अध्यक्ष विशेष प्याकेज लिएर तराई-मधेसमा आउँदैछौं । तराई-मधेसको समग्र विकासको खाका लिएर हामी छिट्टै आउँदैछौं।

जनयुद्धको पहिलो तालिम धनुषामै लिएको दाबी गर्दै दाहालले तराई-मधेससँग आफ्नो ‘लभ’ परेको प्रसंग कोट्याउँदै भने, ‘दोस्रो संविधानसभामा सिरहाबाट चुनाव जितेँ । प्रधानमन्त्री पनि बनेँ । त्यसैले मधेसको विकास र समृद्धि हाम्रो प्राथमिकतामा छ ।’ उनले तराई-मधेसको जनताले त्याग र बलिदानअनुसार प्रतिफल पाएका छन् कि छैनन्, त्यो महत्वपूर्ण विषय भएको बताउँदै प्रदेश २ सरकारको आलोचना पनि गरे। प्रदेश २ मा भ्रष्टाचार बढ्यो, सुशासन छैन । जनताले झन दुःख पायो भनेर मैले सुनेको छु,’ दाहालले भने ।

स्मृतिसभामा बर्सेनि शीर्ष नेता सहभागी हुने सहिद रामवृक्ष यादव तत्कालीन नेकपा (एकताकेन्द्र) का पोलिटब्यूरो सदस्य थिए । २०५१ भदौ २ गते धनुषाको बरमझियामा उनको हत्या भयो । नेपाल-भारतका पेशेवरबाट उनको हत्या भएको भनिएपनि पार्टीले यादवको हत्यामा कांग्रेसीहरु संलग्न रहेको आरोप लगाएको थियो ।

माओवादी जनयुद्ध २०५२ फागुनदेखि सुरु भएपनि बरमझियामा यादवकै सक्रियतामा सशस्त्र संघर्ष त्यसअघि नै थालियो । जनयुद्धको तयारी थालेका यादव सर्वहारा वर्गको नेतृत्व गर्थे । ०५१ साल भदौ १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको बन्द कार्यक्रमबाट फर्किँदै गर्दा भदौ २ गते उनको गाउँ नजिककै कमला नहरमा हत्या गरियो ।

माओवादी जनयुद्धको क्रममा यादवको परिवारका चार सदस्यको मृत्यु भएको हो । उनका छोरा शेखर, ज्वाइँ डम्बरनारायण र अर्को नातामै पर्ने भाईसहित चारजना जनयुद्धकै लडाइँमा मारिए ।

यादवकी पत्नी रामकुमारीको संविधानसभाको समानुपातिक सदस्य रहेकै बेला काठमाण्डौंमा ग्यासको चुल्हो लिक भएर आगलागी हुँदा मृत्यु भएको थियो । रामवृक्षलाई मास्टरसाहेब भनेर पनि चिनिन्छ ।

रामवृक्षलाई सम्झिँदै नेकपाका अध्यक्ष दाहालले भने, ‘भजनकिर्तनबाट जनतासँग जोडिएको मास्टरसाहेब सरल, इमान्दार र लक्ष्यप्रति निष्ठावान थिए । उनको क्रान्तिकारी गीत र भाषणले तरंग ल्याउँथ्यो । उहाँलाई हामी मास्टरसाहेब भन्थ्यौं । उनी क्रान्तिकारी नेता थिए।

रामवृक्षको अघिल्लो स्मृतिसभामा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष दाहाल बरमझिया पुगेका थिए । यसवर्ष, दाहालसँगै नेता नेपाल, मन्त्री मातृका यादव र रघुवीर महासेठ पनि सहभागी भए ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...