News Portal

मधेससँग ‘लभ’ परेको बताउँदै दाहालले मधेसवासीलाई आश्वासन बाँडे

हिमाली संचार संवाददाता
५०३ पटक

जनकपुर : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले समृद्धि र विकासको प्याकेजसहित प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आफू छिट्टै तराई-मधेसमा आउने आश्वासन बाँडेका छन् । सोमबार धनुषाको बरमझियामा आयोजित सहिद रामवृक्ष यादवको स्मृति सभामा बोल्दै दाहालले तराई-मधेसको विकासमै पहाडको पनि समृद्धि जोडिएको बताए ।

मधेसको समस्याबारे प्रधानमन्त्रीसँग छलफल भएको बताउँदै दाहालले बाढीको क्षति न्यूनिकरण, सुक्दै गएको जलाधार, आगलागी, डुबानको समस्या हटाउन ‘मास्टर प्लान’ आवश्यक रहेको बताए । ‘यी सबै समस्याको दीर्घकालीन समाधान हुनुपर्छ।

चुरेको संरक्षणको मास्टर प्लान नगरेसम्म तराईलाई जोगाउन सकिन्न,’ दाहालले भने, ‘जनता आवास, जनताको तटबन्ध, रेलमार्ग, हुलाकी मार्ग, फास्ट ट्र्याक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल लगायतको परियोजनाले मधेस-तराईले विकासमा फड्को मार्छ । हामी दुवै अध्यक्ष विशेष प्याकेज लिएर तराई-मधेसमा आउँदैछौं । तराई-मधेसको समग्र विकासको खाका लिएर हामी छिट्टै आउँदैछौं।

जनयुद्धको पहिलो तालिम धनुषामै लिएको दाबी गर्दै दाहालले तराई-मधेससँग आफ्नो ‘लभ’ परेको प्रसंग कोट्याउँदै भने, ‘दोस्रो संविधानसभामा सिरहाबाट चुनाव जितेँ । प्रधानमन्त्री पनि बनेँ । त्यसैले मधेसको विकास र समृद्धि हाम्रो प्राथमिकतामा छ ।’ उनले तराई-मधेसको जनताले त्याग र बलिदानअनुसार प्रतिफल पाएका छन् कि छैनन्, त्यो महत्वपूर्ण विषय भएको बताउँदै प्रदेश २ सरकारको आलोचना पनि गरे। प्रदेश २ मा भ्रष्टाचार बढ्यो, सुशासन छैन । जनताले झन दुःख पायो भनेर मैले सुनेको छु,’ दाहालले भने ।

स्मृतिसभामा बर्सेनि शीर्ष नेता सहभागी हुने सहिद रामवृक्ष यादव तत्कालीन नेकपा (एकताकेन्द्र) का पोलिटब्यूरो सदस्य थिए । २०५१ भदौ २ गते धनुषाको बरमझियामा उनको हत्या भयो । नेपाल-भारतका पेशेवरबाट उनको हत्या भएको भनिएपनि पार्टीले यादवको हत्यामा कांग्रेसीहरु संलग्न रहेको आरोप लगाएको थियो ।

माओवादी जनयुद्ध २०५२ फागुनदेखि सुरु भएपनि बरमझियामा यादवकै सक्रियतामा सशस्त्र संघर्ष त्यसअघि नै थालियो । जनयुद्धको तयारी थालेका यादव सर्वहारा वर्गको नेतृत्व गर्थे । ०५१ साल भदौ १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको बन्द कार्यक्रमबाट फर्किँदै गर्दा भदौ २ गते उनको गाउँ नजिककै कमला नहरमा हत्या गरियो ।

माओवादी जनयुद्धको क्रममा यादवको परिवारका चार सदस्यको मृत्यु भएको हो । उनका छोरा शेखर, ज्वाइँ डम्बरनारायण र अर्को नातामै पर्ने भाईसहित चारजना जनयुद्धकै लडाइँमा मारिए ।

यादवकी पत्नी रामकुमारीको संविधानसभाको समानुपातिक सदस्य रहेकै बेला काठमाण्डौंमा ग्यासको चुल्हो लिक भएर आगलागी हुँदा मृत्यु भएको थियो । रामवृक्षलाई मास्टरसाहेब भनेर पनि चिनिन्छ ।

रामवृक्षलाई सम्झिँदै नेकपाका अध्यक्ष दाहालले भने, ‘भजनकिर्तनबाट जनतासँग जोडिएको मास्टरसाहेब सरल, इमान्दार र लक्ष्यप्रति निष्ठावान थिए । उनको क्रान्तिकारी गीत र भाषणले तरंग ल्याउँथ्यो । उहाँलाई हामी मास्टरसाहेब भन्थ्यौं । उनी क्रान्तिकारी नेता थिए।

रामवृक्षको अघिल्लो स्मृतिसभामा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष दाहाल बरमझिया पुगेका थिए । यसवर्ष, दाहालसँगै नेता नेपाल, मन्त्री मातृका यादव र रघुवीर महासेठ पनि सहभागी भए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...