News Portal

बृद्वा आश्रम पुगेर गरे समाजसेवी बलवहादुरले साडी बितरण

हिमाली संचार संवाददाता
८७५ पटक

रबिन्द्र बराल
मोरङ, २ भदौ : माेरङकाे विराटनगर उपमहानगरपालिका ९ मा २०५१ सालमा स्थापना भएको स्वर संगम संगीतालयको आयोजनामा बिराटनगर ८ स्थित बिराटेश्वोर बृद्वा आश्रामकाेे २५ औं वार्षिकोत्सबकाे अवसर पारेर स्थानीय समाजसेवी बलवहादुर बस्नेतले ४५ जना वृद्धाहरुलाई साडी लगायतका सामाग्री वितरण गर्नुु भएको थियोे।

उक्त कार्यक्रमकाेे प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष नरेश पोखरेल, स्थानिय बुुुद्धिजीवी महिला लगायतकाेे उपस्थिति समेत रहेको थियोे। कार्यक्रममा बस्नेतले बृद्वा आश्राममा रहेका बृद्वहरुलाई विभिन्न भजन सुनाउनुकाे साथै महिलाहरुलाई मनाेरञ्जन गराएका थिए

उनले भनेे सकुन्जेलसम्म दिन, दुखि, गरिव र असाहयहरुकाे सेवामा लागिरहने र मृत्यु पश्चातको अमरत्व कसरी र के गर्दा मिल्छ सो को खोजिमा आजिवन लागिरहने समेेत बताए। उनलेे मन्दिरमा गेट, सामुदायिक भवनमाहरुमा आर्थिक सहयोग समेत गर्ने गरेको सहयोग गर्दा सबैभन्दा बढी खुसीको महसुस भएको समेत बताउनु भयो।

उक्त कार्यक्रमकाे सभापति सोहि संस्थाका अध्यक्ष उमा रेग्मीकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...