News Portal

उर्लिदो भेरी नदिमा युवाहरूले यसरी मनाए भेल खेल्ने पर्व

हिमाली संचार संवाददाता
६६३ पटक

इन्द्र बुढाथोकी/सल्यान
सल्लिबजार १, भदौ – सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१ अम्राका स्थानीय युवाले आइतबार भदौ १ गतेलाई भेल (पौडी) खेल्ने चाडका रूपमा मनाएका छन्।

देवस्थलको बनगाड खोलाको मोड देखि अम्रा सम्म ३ किलोमीटर पौडी खेलेर अम्राका २०/२५ जना युवाहरूले पौडी खेलेर घ्युया सक्रान्ति तिहार अथवा पौडी खेल्ने पर्व सधैका वर्ष जसरी यस वर्ष पनि मनाएको स्थानीय युवा दोर्ण यरिले जानकारी दिएका छन।

“कोहि जमिन छोड्न भनेर भेरीमा भेल खेल्दै थिए भने अरु पिंङ्ग खेलेर रमाईरहेका थिए। जंगलबाट काटेर ल्याएको कैयार(खर) बुढापाका र युवाले संयुक्त रूपमा बाटेर पिंङ्ग निर्माण गर्ने वताईन्छ।”

यरिका अनुसार चाडपर्वको आगमन जनाउने यो चाड परम्परागत रुपमा मनाइदै आएको छ। हरेक वर्षको भदौ १ गते दिनका उक्त गाउँमा भुई छोड्ने भनेर युवाहरु भेल खेल्ने र महिला तथा बालबालिका जंगल पुगेर पिंङ्गको लागि कैयार(खर) काटेर ल्याउने चलन रहेको छ।

कोहि जमिन छोड्न भनेर भेरीमा भेल खेल्दै थिए भने अरु पिंङ्ग खेलेर रमाईरहेका थिए। जंगलबाट काटेर ल्याएको कैयार(खर) बुढापाका र युवाले संयुक्त रूपमा बाटेर पिंङ्ग निर्माण गर्ने वताईन्छ। भेरीमा युवाहरुले भेल खेल्दा पून्य प्राप्ती हुने धार्मिक मान्यता समेत रहेको यरिको भनाई छ।

पछिल्लो पुस्ताले भेल खेल्ने पर्वलाई विर्सिए पनि वुढापाकाहरु अझै भने यसको महत्व निकै रहेको वताउने गरेका छन्। अम्राका स्थानिय वृद्धहरुका अनुसार पहिले पहिले टाढाटाढाबाट भेरीमा भेल खेल्ने आउने गरेको वताए।

तर आज भोलि यो पर्वलाई खासै महत्व नदिएको उनीहरुको भनाई छ। भाद्र संक्रान्तीका दिन मनाइने यो पर्वको धार्मिक महत्व रहेको जनाएको छ। विगत जस्तै यसपाली पनि भेरी नदिमा भेल खेल्नको लागि देवस्थलको बन्गाड खोलाकोमोडबाट भेल खेल्दै स्थानीय युवाहरु ठिग्नी र अम्रा नजिकै उत्रेका थिए।

उलिर्दो भेरीको भेलमा धेरै युवाहरु कम्मरमा ‘चिन्ना’ वाँधेर उक्त भेलमा पसेका थिए। ठुलो युवा जमात लहरै लागेर उर्लिदो भेरी नदिमा डुवुल्की मार्दै उनिहरु भेलमा आनन्द लिरहेका थिए।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...