News Portal

मोरङको रंगेली बजारमा सिसि क्यामेरा जडान

हिमाली संचार संवाददाता
७७५ पटक

रबिन्द्र बराल
माेरङ, १ भदौ : रंगेली नगरपालिकाले नगरका मुख्य ब्यस्त बजारमा अपराध नियन्त्रण, दुर्धटना, चाेरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्यले लागी रंगेलीमा सिसि क्यामेरा जडान गरिएको हाे। नगरपालिकाले रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत रंगेली प्रवेश गर्ने मुख्य ठाउँ र मुख्य बजारका ६ स्थानमा सिसि क्यामेरा जडान गरेको छ ।

नगरपालिकाले करिव १७ लाखको लागतमा सिसि क्यामरा जडान गरेको हाे। रंगेलीकाे मुख्य बजार पर्वमा तित्री टाेल जाने बाटाे, बसपार्क, छोटी भन्सार, भोटुबाबु चौक र नगरपालिका अगाडी सिसि क्यामेरा जडान गरेको छ।

मुख्य बजारमा कुनै पनि घटना नियन्त्रण गर्ने र प्रहरीलाई अपराध अनुसन्धानका लागी थप सहयोग हुने भएता पनि सिसि क्यामराकाे मुनिटर नगरपालिकामा राखिएको हुनाले सार्वजनिक बिदाका दिन कुनै पनि घटना वा दुर्घटना भएको खण्डमा प्रहरीलाई अपराधी पक्राउ गर्ने ढिलो हुने र अपराधी उम्केर भाग्न सक्ने र भएको हुनाले माेनिटर प्रहरीलाई नै जिम्मेवारी दिनुपर्ने स्थानीय उमालाल राजवंशीले बताए।

स्थानीय कमलेश मंन्डलका अनुसार रंगेलीमा सिसि क्यामरा जडान गरिएकोमा नगरपालिकालाई धन्यवाद दिदै उनलेे भने सिसि क्यामराकाे माेनिटर ईलाका प्रहरी कार्यलय रंगेलीलाई नै जिम्मेवारी दिएमा प्रहरीलाई अनुसन्धान र शान्ति सुरक्षा गर्ने सहज हुने समेत बताए। मुख्य बजार क्षेत्रमा जडान गरिएको सिसि क्यामेराको नियन्त्रण नगरपालिकाका मेयर दिलिप बगडिया र कार्यकारी टाेम प्रसाद सुवेदीकाे कक्षमा राखिएको छ।

यता ईलाका प्रहरी रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार सिसि क्यामराकाे माेनिटर प्रहरीकाे नियन्त्रणमा राख्न आफुले नगरपालिकालाई जानकारी गराएकाे र प्रहरीलाई नै जिम्मेवारी दिने आश्वासन पाएकाे दाहालले बताए। रंगेली नगरपालिकाले बजार क्षेत्रमा जडान गरेको सिसि क्यामेराकाे क्षमता ३६० डिग्रीमा घुम्ने रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...