News Portal

नेपाल आमा र हामी नेपाली सन्तति !

ओम पाण्डे
८६३ पटक

हिमालको चिसो हावा छाडेर मरुभुमिको राप र तापमा पौँठेजोरी खेल्नु पर्ने। छहरा, पहरा र लहरालाई छाडेर कृतिम गार्डेन्को खोजी गर्दै, नदिनालाको सुन्दरतालाई छाडेर स्विमिङ पुलतिर भौंतारिदै अनि समथर तराईमा सुनका सिक्री झैँ झुल्ने धानका बालालाई चटक्क माया मारी भोलिको खोजिमा रन्थनियको मान्छे म।प्राकृतिक सम्पदाको अनि जलस्रोतको धनी देशको माया लाग्दै धनकै खोजिमा लरबरिएको मान्छे म।

मेरो देश नेपाल ! हो यो साँच्चीकै सतिले सरापेको देश हो ! काजी भीम मल्लको घाँटी रेटाउनेहरुको देश हो, भीमसेन थापालाई आत्महत्या गराउनेहरुको देश हो, मदन भण्डारीको हत्या भएको देश हो, राजा बीरेन्द्रको बंसजको रगतमाथि होली खेल्नेहरुको देश हो, महान नेता र निमुखा गरीब जनताको रगत पिएर शासन चलाउने र जेलबाट छुटेपछि जिन्दाबादको नारा लगाइने अनि सर्बोच्चले दोषी ठहर्याएका सभासद हुनेहरुको देश, सुनकोशी सखाप हुँदा डिनरमा मस्त हुने र एउटा गुण्डा मर्दा सरकार हल्लाउने हरुको हो !

डा.चित्रप्रसाद वाग्लेहरू उपचार खर्च नपाई मर्ने देश हो । हाछ्यँु आउँदा पनि ऊपचारमा अमेरिका, सिङापुर र थाइल्यान्ड जाने अनि मन लागेको बेला देशको ढुकुटीबाट ५० लाख झिक्नेहरुको हो, आफ्नो नागरिक बचाउन कोशिमा बाँध बाँध्ने भारतलाई बध खोलेर आफ्नै सन्तानको सुरक्षा दिन नसक्ने र एउटा असल प्रहरी अधिकृतलाई देशको शान्तिसुरक्षा गर्ने जिम्मेवारी नदिन जेपनि गर्न पछि नपर्ने हरुको देश हो, हो यो साँच्चीकै सतिले सरापेको देश हो !

डा.गोबिन्द केसीको मुर्दाबाद हुने देश हो, धिक्कार छ नेपालमाता तिमीलाई पनि भो अब येस्ता कपुतहरु नजन्माउ आफ्नी माताको अस्मिता बेचेर मालामाल् हुने कपुतहरु पनि चाहिएन। भाइभाइमा तेरो र मेरो भैरहेको बेला प्राकृतिक प्रकोपको सास्ती खेपिरहेकि, भुकम्प, बाढी पहिरोको उत्पिडनले जकडिरहेकी आमा नेपाललाई हे भगवान अब कुनै कष्ट नदेउ।

(साउदी अरब)

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...