News Portal

अम्रा-ठिग्नी जोड्ने झुलङ्गेपुल जिर्ण बनेपछि स्थानीय चिन्तित

हिमाली संचार संवाददाता
६७४ पटक

दुर्गा वि.सी.
सुर्खेतको सिम्ता गाउँपालिकाको ठिग्नी र सल्यानको कुपिन्डे नगरपालिकाको अम्रा जोड्ने भेरी नदिमा रहेको झुलङ्गे पुल ५ वर्षमै जिर्ण वन्न थालेको छ। सिम्ताको ठिग्नी गाउँमा जोड्ने उक्त पुलमा गतवर्षको भेरी नदिमा आएको वाढिले वगाएको फेरी पुलमा अल्झिदा पुलका केहि लहरा चुडेका छन् ।

लहरा चुडेपछि पुलको भाग तल लत्रिएको छ । २ वटा सपोर्टिङ्ग लहरा छुट्टिएका छन् भने अन्य लहरा भने खुकुल्लो भएकोले पुल तल २ मिटर तल झरेको छ । भेरी नदिमा पानीको वहाव वढेपछि पानीको सतहले पुललाई छोएको हुन्छ। भेरीमा वाढि उर्लिएपछि स्थानीय पुल वारपार गर्न डराउँछन् ।

निलीगिरी सेवा प्रालिले वानेश्वर काठमाण्डौंले करिव १ करोड हारारीको वजेटमा काम सम्पन्न भएको जनाएको छ। २ सय ८० मिटर लाम्वाईको झुलङ्गेपुल चाँडै जिर्ण भएपछि स्थानीय चिन्तीत वनेका छन्।

पुललाई पुनः मर्मतको लागि सम्वन्धीत निकायसँग माग समेत गरिएको छ। उक्त पुल सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाको ठिग्नी जोड्ने पुल हो।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...