News Portal

खोलामा पुल नबन्दा मृत शव देखि विरामी समेत विचबाटोमै अलपत्र..

हिमाली संचार संवाददाता
९३६ पटक

दुर्गा वि.सी.
सल्यान, २७ साउन : सल्ली चौहरजारी सडक खण्डको बनगाड खोलाको त्रिवेणिवजार नाथेखोलामा निर्माणधिन पक्की पुलको काम अलपत्र परेको छ। वर्षा सुरुवातीसँगै ठेकेदारले विभिन्न वहाना वनाएर काम छाडेको स्थानीयको भनाई छ।

२०७४ पौष मसान्तमा पुलको काम सम्पन्न भैसक्नु पर्ने हो। ४ करोड १७ लाखमा हरिहरि कन्ट्रष्क्सनका हरिवहादुर रावत र सडक डिभिजन विच पौष मसान्तमा काम सक्ने सम्भौता रहेको थियो तर म्याद २ पटक थप्दा समेत कामले तिव्रता लिन नसकेको स्थानीय दल वहादुर परियारले वताए ।

सडक डिभिजन कार्यलय दाङ्गले समेत कामलाई ताकेता नगर्दा हरिहरि कन्ट्रष्क्सनका हरिवहादुर रावतले कामलाई खासै प्राथामिकतामा नपारेको देखिन्छ। रावतका अनुसार पुलको म्याद थप्ने काम ढिलाई र डिभिजनले पैसा नदिदाँ काम अघि वढ्न नसकेको जनाउनु भएको छ।

डिभिजन कार्यालयले ताकेता गरेको भने पनि काम अलपत्र पारिएको छ। समयमा पुल नवन्दा बन्गाड खोलामा वर्षातमा गाडिहरु चल्न निक्कै समस्या हुने गरेको छ। पुलको अझै ३० प्रतिशत काम सम्पन्न हुन वाँकी छ। ठेकेदारले सामग्री उपलव्ध नगरादा र ठेकदारले वास्था नगर्दा ज्यामीहरुले काम गर्न छाडेका छन् ।

यो वर्षमा समेत पुलको काम सम्पन्न हुने छाँटकाँट नदेखिएको अर्का स्थानीय तिलाराम वुढाले वताए । वुढाका अनुसार निर्माण कम्पनीले काम समयमा नगर्दा वजारमा समेत आवतजावतमा असर पारेको जनाए । गत वर्ष बन्गाड खोलाले धन्न वगाई सकेको पुल ठेकेदारको काम प्रति ढिलाईले यो वर्षातमा पनि सल्ली रुकुम चौहरजारि सडक वन्द हुने भएको छ ।

पक्की पुलको काम ढिलाईसँगै उक्त खण्डको आमखोली देखि नाथेखोलासम्मको ५ किमी पिचको काम समेत बन्द अवस्थामा रहेको छ। २ वर्ष बितिसक्दा समेत सडकको डवल कटिङ्ग, नाली, जाली र होम पाईपको काम ५० प्रतिशत मात्रै भएको छ। आमखोली देखि बन्गाड कुपिण्डेकै वडा ५ को त्रिवेणी वजार नजिकै सम्मको लागि भनेर सिग्मा गाल्वा कन्ट्रशनले ११ करोडमा कामको जिम्मा लिएको थियो ।

सडक डिभिजन कार्यालय दाङ र कन्ट्रशनका नरहरी थपलिया विच ३३ महिनामा काम सम्पन्न गर्ने भनेर ०७४ श्रावाणमा सम्झौता भएको थियो तर गाल्वा कन्ट्रशनका नरहरी थपलियाले ४९ लाख पेश्की बुझेर कामको जिम्मा दोस्रो व्यक्ती राम वहादुर विष्टलाई दिएका छन् ।

काम हेर्ने सडक डिभिजन कार्याल चौहरजारिलेले भने कामको ताकेता प्रति चासो नदिएको देखिन्छ। सडक डिभिजन कार्यालय रुकुम चौहरजारीले काम प्रति ताकेता नगरेको जनप्रतिनीधीको भनाई छ। गत वर्ष कर्णालि प्रदेश सरकारबाट विनियोजित वजेटको काम समेत सुरु हुन सकेको छैन।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...