News Portal

याक्खा भाषाका एकैपटक ४ गीत सार्वजनिक [भिडियो सहित]  

हिमाली संचार संवाददाता
१०९१ पटक

काठमाडौं, २६ साउन : किरात जाती अन्तर्गत अल्पसंख्यक जातिको रूपमा रहेको याक्खा समुदायको पहिलोपटक एकै साथ ४ वटा याक्खा भाषाका गीतको म्युजिक भिडियो निर्माण गरिएका उक्त म्यूजीक भिडियोहरुलाई हालसालै नेपाल र यूकेबाट एकैसाथ रीलिज गरिएको छ। किराँत याक्खा छुम्मा युके र युके निवासी याक्खाहरुको सहयोगमा उक्त म्युजिक भिडियो निर्माण गरिएको हो ।

याक्खा पालाम शब्द आइतराज याक्खा, स्वर आइतराज याक्खा र मनु नेम्बाङ,सङ्गीत टेकेन्द्र यक्सो, कानिङ याक्खाबा”, शब्द सङ्गीत अजय याक्खा, स्वर मिना राई, माङ्चुवा छेम्ना ”शब्द— आइतराज याक्खा, स्वर ललित जिमि,संगीत खगेन्द्र यक्सोको रहेको छ भने खिङ्ग उचुना वेन्वे एङ्गा तेन्वे, शब्द लालमाया याक्खा, सँगित अजय र स्वर यासिमा याक्खा र राजेन्द्र जीमीको रहेको छ ।

उक्त म्युजिक भिडियोको छायांकन धनकुटा र सङ्खुवासभाका विभिन्न याक्खा बस्तिमा गरिएको छ। सम्पुर्ण गीतहरुमा याक्खा जातिको भाषा, संस्कार, सँस्कृती, भुमीको गुणगान साथै सँरक्षण र सम्वर्धनमा जोड दिइएको छ ।

बिष्णुदेव कोङ्ग्रेनको प्रस्तुती रहेको म्युजिक भिडियो निर्माणको संम्योजन प्रेम जिमिले गर्नुभएको छ भने म्युजिक भिडियोको निर्देशन जोगमाया लुम्बाले गर्नुभएको छ । यसभन्दा अधि नेपाली चलचित्र जीवन काँडा कि फुल, मिराज र गोलमा अभिनय गरिसक्नु भएको छ भने विभिन्न सचेतनामुलक सन्देशहरुको निर्देशन समेत गरिसक्नुभएको छ । उहाँ लामो समय देखि सञ्चारकर्मि पनि हुनुहुन्छ । ऊक्त भिडियाे निरेम प्राेडक्सनकाे यूटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियोहरु हेर्नुहोस।

पहिलो गीत :

दोस्रो गीत :

तेस्रो गीत :

चौथो गीत :

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...