News Portal

कुवेतका जनजातीहरुले मनाए २५औं विश्व आदिवासी दिवस (फोटो फिचर)

हिमाली संचार संवाददाता
९८० पटक

कुवेत, १० अगस्ट : “विश्वभरका आदिवासी जनजातीहरु एक हौ” भन्ने मुल नाराका साथ २५ औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा शुक्रबारका दिन नेपाल जनजाती महासँघ कुवेत शाखाको बिशेष आव्ह्वान तथा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा मनाईएको छ।

“विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस्” भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले यो दिवस प्रत्येक वर्ष भव्यताका मनाउदै आइरहेका छन् भने कुबेतमा पनि हिजो शुक्रबारका दिन विविध जातीय पहिचान झल्किने गीत, नृत्य, झाँकी र अन्य मनोरन्जात्मक साँस्कृतिक प्रस्तुतिहरु को साथमा कुवेतको फर्वानियास्थित युनिक अडिटोरियम हलमा नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अतिथिमा शुभकामना आदानप्रदान तथा २५औं विश्व आदिवासी दिवस मनाईएको हो।

नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाको अध्यक्ष अमृत तमाङको सभापतित्वमा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारी, विशेष अतिथि एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, एनआरएनए आइसीसी सदस्य अमित राई, समाजसेवी महासंघ कुबेत सल्लाहकार राजेन्द्र तामाङ, सातैवाट जनजाती संस्था लगायत कुवेतमा क्रियाशिल संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, कलाकार, पत्रकार लगायत आदिवासी जनजातीको उल्लेख्य उपस्थिति रहेको थियो।

महासंघका सचिव दिल कुमार पाख्रिनले सञ्चालन गरेको कार्यक्रममा सभापति, प्रमुख अतिथी र विशेष अतिथिहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । त्यसैगरी कार्यक्रमलाई नेपाली राष्ट्रिय गीत र आदिवासी जनजाति गीतद्वारा राष्ट्रिय स्वाभिमान पश्चात कार्यक्रमलाई मुर्त रुप दिईएको थियो । कार्यक्रमको समंयोजक बल बहादुर काम्बाङले स्वागत मन्तव्यद्वारा उपस्थितलाई स्वागत गरेका थिए।

२५औं विश्व आदिवासी दिवसको कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीले शुभकामना दिदै रोजगारीको शिलशिलामा प्रवासमा छरिएर रहेका सम्पूर्णलाई आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन लागि परेको आज कुबेतमा मात्र नभएर विश्वभरी नै यो २५औं विश्व आदिवासी दिवस मनाईएको हुँदा फेरी पनि सम्पूर्णमा शुभकामना दिनु भएको थियो।

शुभकामना दिनेक्रममा अन्तराष्ट्रिय नेपाली समाज कुवेतका अध्यक्ष निर्मल स्याङतानले आदिवासी जनजातिको आन्दोलन न्याय, समानता, अधिकार र अस्तित्वको लडाइ भएकाले मानवअधिकारको पनि आन्दोलन भएकाले अघि बढ्नुपर्ने बताउनुभयो। लड्नेले नै जित्नेछन् र आफ्नो इतिहास आफै लेख्ने गरेको उहाँले बताउनुभयो।

महासंघका सल्लाकार मनु भुजेल मगर, शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन लागि परेको हामी एउटै समाजमा बसेर सँगै हुर्केको कुनै पनि ब्राम्हण, क्षेत्रीय तथा अन्य जात या धर्मको बिरोधी नभई मात्र जातीवादको बिरोधी भएको बताउनु भयो।

सल्लाकार खोप गुरुङ, तमू प्ये ल्हु सँघ कुबेत शाखाको अध्यक्ष उमा तमुस्यो, नेपाल पत्रकार महासँघ कुवेतका सद्स्य पत्रकार नैना कला राइ, एनआरएनए आइसीसी अमित राई, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, लगायतले २५औं विश्व आदिवासी दिवसको शुभकामना मन्तव्य दिएका थिए।

कुवेतलाई कर्मथलो बनाएर बसेका विभिन्न जातजाति संस्था तामाङ घेदुङ कुवेत, मगर संघ कुवेत, किरात राई यायोक्खा शाखा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत, तमु प्ये ल्हु संघ कुवेत, सुनुवार सेवा समाज कुवेत, तमू समाज कुबेत लगायतले आफ्नो भेषभुषा र संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्दै विभिन्न झाँकी नृत्य प्रस्तुत गरेका थिए।

अध्यक्ष अमृत तमाङले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल बनाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरु, नेपाली राजदुताबास, एनआरएनए कुवेत, कुवेतमा क्रियाशिल सम्पूर्ण नेपाली सँघसंस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्रभलादमी, पत्रकार, खेलाडी तथा कलाकारहरु सबैलाई विशेष धन्यवाद दिदै कार्यक्रमको समापन भएको घोषणा गरेका थिए।

थप तस्बिरहरु हेर्न हिमालीसंचार डटकमको फेसबुक पेजमा हेर्नुहोला।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...