News Portal

कुवेतमा सवारी दुर्घटनामा फेरी २ नेपालीको मृत्यु  

हिमाली संचार संवाददाता
८१८ पटक

कुवेत, ८ अगस्ट : कुवेतमा बुधबार सवारी दुर्घटनामा परी २ जना नेपालीहरूकाे मृत्यु भएको छ। मृत्यु हुनेहरूमा कुवेतको प्रतिष्ठित कम्पनी केजिएल(KGL) मा कार्यरत काभ्रेका गोकर्ण घिमिरे तथा दाङका शेर बहादुर मल्ल रहेका छन्। उनीहरूको बिहान करिब १० बजे काम सकेर कोठामा फर्किने क्रममा सडक दुर्घटनामा परि मृत्यु भएको हो।

उक्त कम्पनीमा कार्यरत मृतकहरुका साथी मोहन पौडेलकाअनुसार काम सकेर कुवेतको फाहाहिलबाट बस्ने ठाउँ फर्वानिया फर्किने क्रममा रोड नं. ५१ मा मृतकहरु चढेको सबारी साधनको चक्का पड्किएर ईमर्जेन्सी लेनमा सबारी साधन पार्क गरि बाहिर निसक्ने क्रममा अर्को तर्फवाट आएको ठूलो गाडीले उनिहरुलाइ लतारेको थियो।

उक्त दुर्घटनामा काभ्रेका गोकर्ण घिमिरेको घटना स्थलमै तथा दाङका शेरबहादुर मल्लको फर्वानिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उक्त दुर्घटनामा सामान्य घाइते भएका भिमबहादुर तामाङलाइ अस्पताल पुर्याइएकोमा उनलाइ अस्पतालले डिस्चार्ज गरि सकेको छ भने दुर्घटनाका समयमा अर्को साइडबाट हामफालेका जंगिलाल चौधरी भने सकुशल रहेका छन।

सन २०११ देखि कुवेतमा कार्यरत दुबै जना मृतकहरु उक्त कम्पनीमा सवारी चालकका रुपमा कार्यरत थिए। घटनाको बारेमा नेपाली राजदूताबवस कुवेतमा जानकारी आएपछी दूतावास प्रतिनिधि फर्वानिया अस्पताल पुगेर सम्पुर्ण जानकारी लिएको थियो।

नेपाली दूतावास कुवेतकी द्वित्तीय सचिव जानकी ओझाले पत्रकार हरिकृष्ण न्यौपानेसंग कुराकानी गर्दै भनिन” मृतकहरुको शब पठाउने तथा दुर्घटना बिमा लगायत अन्य कानुनी प्रकृयाको लागि दूतावासले आजै देखि नै काम शुरू गर्नेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...