News Portal

महिना नसकिँदै पूरै हाजिर गर्ने डाक्टरमाथि कारबाही सिफारिस

हिमाली संचार संवाददाता
७३९ पटक

जाजरकोट – महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारवाहीका लागि सिफारिश गरेको छ ।

साउनभरिको हाजिर गरेर जिल्ला छाडेकी जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईमाथि कारवाही प्रक्रिया अघि बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय, जाजरकोटले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडा नेतृत्वमा गरेको अनुगमनका क्रममा अस्पताल प्रमुखलाई जानकारी नै नदिर्इ राई साउनभरिको हाजिर जनाई नेपालगञ्ज गएको पाइएको थियो ।

जाजरकोटका प्रमुख लिल्ला अधिकारी ललितबहादुर बस्नेतले राईलाई स्वास्थ्य सेवा ऐनअनुसार कारवाहीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलगायतमा लिखित पत्राचार गरिएको जानकारी दिए ।

उनले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प छ । दुई वर्षअघि नै १५ बेडबाट ५० बेडमा स्तरोन्नति गरिएको उक्त अस्पतालमा नौ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म विशेषज्ञ सेवा शुरु हुन सकेको छैन । रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...