News Portal

बलबहादुर समाज सेवामा निरन्तर..

हिमाली संचार संवाददाता
७६२ पटक

रबिन्द्र बराल/मोरङ
साउन, १४ मंगलबार : माेरङकाे रतुवामाई नगरपालिका उल्लुघुट्टु ५ कसेनि बसाेवास गर्दे अाएका पुर्वका युवा समाजसेवी एवम् शिक्षाप्रेमि बल बहादुर बस्नेत अहिले समाज सेवामा अग्रसर बन्दै गईरहेका छन। २३ बर्ष देखि शिक्षण पेशामा काम गर्दे अाईरहेका वस्नेत दुई दशक देखि सामाजिक कार्यलाई निरन्तरता दिदै अाईरहेका हुन।

मंगलबार उनले रतुवामाई नगरपालिका ६ स्थित साैठा बजारमा एक कार्यक्रमकाे अायाेजना गर्दे उनले ससस्त्र प्रहरी वेश क्याप साैठा लाई ४ थान सिलिङ फेन तथा नगरपालिका भित्र रहेका माध्यमिक विद्यालय कल्याणपुर, जनता माध्यमिक विद्यालय लगायत अाधादर्जन विद्यालयमा १ सय २० थान सिलिङ फेन समेत एक कार्यक्रमकाे अायाेजना गरि हस्तान्तरण गरेका छन ।

उनलेे बिगत केही महिना अगाडि समेत रतुवामाई नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय अध्यन गर्ने गरिव तथा अतिविपन्न परिवारका बालबालिकाहरुलाई ड्रेस समेत बितरण गरेेेका छन। उनले अाफ्नाे निजि खर्चले माेेेठ, मंन्दिर तथा सार्वजनिक काममा सहयोग समेत गर्दा अाईरहेकाेे बस्नेतले बताए ।

सहयात्री युवा समाज साैठाकाे अायाेजनामा कार्यक्रम गरिएको थियोे। कार्यक्रमकाे प्रमुख अतिथि रतुवामाई नगरपालिका मेयर रविन राय, बिष्ट अतिथि नागेश्वर प्रसाद सिंह, वडाध्यक्ष तुलाराम लुईटेल, ससस्त्र वेश क्यापका प्रमुख लाेक बहादुर तामाङ लगायतकाे उपस्थित समेत रहेको थियो ।

वस्नेतले भने गरिव र दुखि हरुकाे सेवा गर्नुनै पुन्य हुने बताउदै उनले भने ४ बर्ष अगाडि माेरङकै कटहरी गाउँपालिकामा बसाेवास गर्दे अाईरहेका अतिनै अतिविपन्न माेहन बहादुर कार्कीका छाेरा हस्त बहादुर कार्कीलाई अाफ्नाे खर्चमा सम्पुर्ण पढाइ खर्च दिएर विद्यालयमा पठनपाठनमा सहयोग गरेको समेत बताए।

अहिले पनि गाउँ घरमा धेरै मानिसहरु धनी भएता पनि उनीहरुकाे मन कहिले गरिव र असायहपट्टी नगएकाे समेत बताए। कार्यक्रममा चाेमेन्द्र बहादुर खड्काकाे सभापतित्वमा कार्यक्रममा सम्पन भएको थियो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...