News Portal

  • रास्ट्रपति ट्रम्पको चेतावनी : कम्युनिस्ट र समाजवाद चाहनेले अमेरिका छाडे हुन्छ !

    हिमाली संचार संवाददाता
    २७४ पटक

    १६ जुलाई, २०१९ : समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौति दिँदै गरेको ट्वीटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा परेका छन् । उनले खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीप्रति समेत एकसाथ प्रहार गरेका छन् । रास्ट्रपति ट्रम्पले मंगलबार एकसाथ तीन पटक ट्वीट गर्दै अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।

    उनले यसबाट खुसी हुन नसक्नेहरुले अमेरिका छाड्न सक्ने विकल्प रहेको भन्दै त्यो उनीहरुको एक्लो छनौट हुने बताएका छन् । केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेको भन्दै ट्रम्पले त्यस्ता व्यक्ति इजरायल विरोधी, अलकायदा समर्थक रहेको बताएका छन् ।

    उनले वामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता कार्यलाई प्रोत्साहन दिन खोजेको आरोप लगाएका छन्। अमेरिका अहिले जस्तो बलियो कहिल्यै नभएको दावी गर्दै उनले सैनिक शक्तिको पुनर्गठन, अहिलेसम्मकै उच्च स्टक मार्केट, सबैभन्दा कम बेरोजगारी कायम हुन सफल भएको दावीसमेत गरेका छन् ।

    _______

    हामीसँग फेसबुक, ट्वीटर, यूट्यूब तथा इन्स्टाग्राममा जोडिन सक्नु हुनेछ।

         फेसबुकमा जोडीनुहोस :

    प्रतिकृया दिनुहोस्

    राष्ट्रिय आविष्कार केन्द्रका विद्यार्थीले बनाएको रकेटको परीक्षण सफल

    काठमाडौँ – नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ नाम दिएको रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय...

    प्रतिष्ठान अध्यक्ष रमेश बिजी दुर्गेश थापाबिरुद्ध राज्य र गुगललाई उजुरी दिने तयारीमा

    काठमाडौं। गायक दुर्गेश थापाको नयाँ गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ विवादमा तानिएको छ। गीतले तीजको...

    विदेशको भिसा आएपछि काठमाडौं हिँडेका जयसिंह धामी तुइन चुडिएर महाकालीमा बेपत्ता

    सविता बुढा,धनगढी। शुक्रबार बिहान ब्यास गाउँपालिका-२ का ७ जना स्थानीय दार्चुलाको सदरमुकाम खलंगा जान हिँडेका...

    पत्रकारको भेषमा सीमा क्षेत्रमा पैसाको बार्गेनिङ्ग गर्ने आशिष मल्लसहित दुई जना पक्राउ

    नेपालगन्ज। नेपाल पत्रकार महासंघ बाँकेले आचारसंहित भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ।...

    लुम्बिनी प्रदेशका ३ मन्त्रीको गुम्यो सांसद पद

    बुटवल। लुम्बिनी प्रदेशका ३ जना मन्त्रीको सांसद पद गएको छ। जनता समाजवादी पार्टीबाट निलम्बित मन्त्रीहरु...

     

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग इन्स्टाग्राममा जोडीनुहोस।