News Portal

घाँसे मैदानबाट विमान झिकिएपछि विमानस्थल सुचारु

हिमाली संचार संवाददाता
५७१ पटक

काठमाडौँ — ८ घन्टादेखि बन्द मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँझ ७ बजेदेखि सुचारु भएको छ । नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर विमान काठमाडौँ विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा अड्किएका कारण शुक्रबार बिहान ११ः५ पछि विमान्स्थलमा अवरोध भएको थियो ।

विमानस्थलको टर्मिनल व्यवस्थापन विभाग प्रमुख उत्सव खरेलका अनुसार, घाँसे मैदानबाट ६ बजेर ४० मिनेटमा जहाज झिकिएको थियो। २० मिनेट धावनमार्ग चेकजाँच र सरसफाई गरेर ७ बजेदेखि सुचारु गरिएकोहो।बिहान ६ बजेदेखि राति साढे २ बजेसम्म सञ्चालन हुने काठमाडौं विमानस्थल शुक्रबार रातभर सञ्चालन हुने भनिएको छ। यदी एयरलायन्सहरुले माग गरे भने २४ सै घण्टा सञ्चालन गरिने खरेलले बताए।

यो विमान झिक्न विमानस्थलसहित नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यतिकै इन्जिनियरिङ लगायतका प्राविधिकहरु लागेका थिए । घाँसेमैदानबाट तान्दै गर्दा दुइपटक डोरी चुडिएको थियो।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...