News Portal

घाँसे मैदानबाट विमान झिकिएपछि विमानस्थल सुचारु

हिमाली संचार संवाददाता
७२७ पटक

काठमाडौँ — ८ घन्टादेखि बन्द मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँझ ७ बजेदेखि सुचारु भएको छ । नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर विमान काठमाडौँ विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा अड्किएका कारण शुक्रबार बिहान ११ः५ पछि विमान्स्थलमा अवरोध भएको थियो ।

विमानस्थलको टर्मिनल व्यवस्थापन विभाग प्रमुख उत्सव खरेलका अनुसार, घाँसे मैदानबाट ६ बजेर ४० मिनेटमा जहाज झिकिएको थियो। २० मिनेट धावनमार्ग चेकजाँच र सरसफाई गरेर ७ बजेदेखि सुचारु गरिएकोहो।बिहान ६ बजेदेखि राति साढे २ बजेसम्म सञ्चालन हुने काठमाडौं विमानस्थल शुक्रबार रातभर सञ्चालन हुने भनिएको छ। यदी एयरलायन्सहरुले माग गरे भने २४ सै घण्टा सञ्चालन गरिने खरेलले बताए।

यो विमान झिक्न विमानस्थलसहित नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यतिकै इन्जिनियरिङ लगायतका प्राविधिकहरु लागेका थिए । घाँसेमैदानबाट तान्दै गर्दा दुइपटक डोरी चुडिएको थियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...