News Portal

बुटवलका हुक्काबारमा प्रहरीले छापा मार्दा २७३ किशोरकिशारी पक्राउ

हिमाली संचार संवाददाता
१०८३ पटक

बुटवल – प्रहरीले बुटवलका २ वटा हुक्का बारमा छापा मारेर झण्डै २७३ किशोर किशोरीलाई नियन्त्रणमा लिएको छ ।

स्थानीयको उजुरीका आधारमा प्रहरीले मैत्रीपथस्थित बिच फोर्ड क्याफे र मिलनचोकको ग्यालेक्सी क्याफेमा छापा मारेको हो । फोर्ड क्याफेमा १२३ किशोरी र ८४ जना किशोर तथा ग्यालेक्सीमा ३१ किशोरी र २५ किशोर पक्राउ परेका छन् ।

मदिरा, धुमपान र हुक्का सेवन गरेर होहल्ला गरेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

दुबै कयाफेमा भेटिएकाहरु १२-१३ वर्षका स्कुल पढ्नेदेखि १७-१८ वर्षका कलेज पढ्ने किशोर किशोरी छन् । उनीहरूलार्इ केही घण्टा इलाका प्रहरी कार्यालय बुटवलमा राखे पश्चात अभिभावकलाई बोलाएर छोडिएको छ ।

प्रहरीले ग्यालेक्सी क्याफेका संचालक अर्जुन अर्याल र निलकण्ठ अधिकारी तथा बिच फोर्डका संचालक विजय थापा र अरुण गुरुङलाई नियन्त्रणमा लिएको छ । उनीहरूलार्इ सार्वजनिक मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

‘क्याफे र हुक्का बारहरुका कारण कलिला किशोर किशोरीहरु कुलत र गलत बाटोमा जाने गम्भीर खतरा देखियो’ मल्लले भने, ‘यति भयावह अवस्था होला भन्ने कल्पनै गरेका थिएनौं ।’

विशेषगरी शुक्रबार र शनिबार क्याफेमा किशोर किशोरीको जमघट र होहल्लाका कारण समाजमा नकारात्मक असर परेको भन्दै प्रहरीमा उजुरी परेको थियो । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...