News Portal

प्रधानमन्त्रीलाई भेट्दा पनि विश्वस्त हुन सकेनन् डा.केसी, १६ औं अनसन बस्ने चेतावनी

हिमाली संचार संवाददाता
६८५ पटक

काठमाडौं – शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बालुवाटारबाट बाहिरिँदै गर्दा प्रा.डा.गोविन्द केसी खासै उत्साहित देखिएनन् । हातमा रहेको झोला काँधमा भिर्दै निराशाको हाउभाउ (थोरै कुम उचाले, औठ लेप्राए) देखाउँदै भने, ‘म यहाँ आउँदा जे सन्देश पाउँछु भन्ने सोचेको थिएँ, त्यति फरक परेन ।’

प्रा.डा.केसी आफ्नो तत्कालीन वार्ता टोलीका सदस्यहरुलाई लिएर बालुवाटार पुगेका थिए । झण्डै एक घन्टा भएको कुराकानीका क्रममा डा.केसीले ढिलै भएपनि आफूसँग सहमति गरेर २७ दिन लामो अनसन तोडाएकोमा धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले आफूहरुको चाहना एउटै भएको भन्दै सम्वादबाटै अगाडि बढ्नुपर्ने धारणा राखे ।

डा.केसीका अनुसार उनी बालुवाटार प्रवेश गर्दैगर्दा ठूलो महत्वकांक्षा थिएन । किनकी केपी शर्मा ओली अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा पनि भेटेर आफ्ना माग राखेका थिए तर, सुनुवाई नभएपछि अनसन बस्नुपर्‍यो, सहमति पनि भयो । केही वर्षपछि फेरि ओली प्रधानमन्त्री भए तर, सहमति पालना भएन ।

त्यसैले उनलाई प्रधानमन्त्रीलाई भेट्दैमा सबै समाधान हुन्छ भन्ने लागेको रहेनछ । नभन्दै शनिबार भयो त्यस्तै । प्रधानमन्त्री ओलीले ‘तपाईले जे माग राख्नु भएको हो, हाम्रो पनि त्यही हो’ भने ।

यो पटक भएको सहमतिअनुसार संशोधन दर्ता भएको बताए । ‘जुन कुरा हामीलाई थाहा छ, त्यही उहाँले पनि भन्नुभयो’ डा.केसी भन्छन्, यताउता भन्नुभयो । ठोस हुन्छ नि २ र २ जोड्दा ४ हुन्छ भने जस्तो भएन । भेटियो, कुरा भयो, हाम्रो कुरा राखियो, तर यही स्थितिमा छौं ।’

संसदमा चिकित्सा शिक्षा विधेयक र त्यसमा परेका संशोधनलाई संसदीय समितिमा लगिएको छ । डा.केसीका अनुसार त्यसलाई संसदबाटै पारित गर्न पनि सकिन्थ्यो । उनले भने, ‘यसमा हामीलाई आपत्ति छैन तर, तोडमोड नगरी पास हुनुपर्छ ।’

यस्तै ९ बुँदे सहमति मन्त्रिपरिषद्बाट अनुमोदन समेत भएको छैन । यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री ओलीले भने संसदमा पेश भइसकेपछि नगरेपनि हुन्छ, सम्झौता गरेका छौं, कार्यान्वयन गरिहाल्छौं भनेका छन् ।

डा.केसीले सञ्चारकर्मीहरुलाई भने, म यहाँ आउँदा जे म्यासेज पाउँछु भन्नु सोचेको थिएँ, त्यति फरक परेन । सँगै रहेका डा.सुरेन्द्र भण्डारीले सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीले बचन दिएको बताए ।

तर, डा.केसीले भण्डारीलाई रोक्दै भने, बचन नभनौं, संकेत मात्र हो । आशा गर्छु, विश्वास राख्छु उहाँहरुले सहमति कार्यान्वयन गर्नुहुन्छ । मन्त्रिपरिषद्बाट अनुमोदन गर्नुहुन्छ ।’

उनले अघि भने, ‘विश्वास गर्दा गर्दै पनि यदि सम्झौता कार्यान्वयन भएन भने १६ औं सत्याग्रह बस्न पछि पर्दिन । मलाई विश्वास छ, त्यस्तो स्थिति नआउँला ।’ ‘ठोस उपलब्धि वा प्रतिवद्धता मैले पाएको जस्तो लागेन । तर, अझै पनि आशा गर्छु । हाम्रो एजेण्डा हो भन्नु भएको छ । मलाई लाग्छ, ऐन बन्छ होला र अरु बुँदा पनि कार्यान्वयव हुन्छ होला । नभए १६ औं अनसन बस्न पछि हटि्दनँ ।’

कहिलेसम्म भन्ने प्रश्नमा डा. केसीले भने, ‘धर्य गरौं । अर्को चोटीलाई तंग्रिनु पनि पर्‍यो मैले ।’

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...