News Portal

मकाउमा दोश्रो एभरेष्ट हाइकिङ २०१९ सम्पन्न (फोटो फिचर)

हिमाली संचार संवाददाता
७९३ पटक

सन्जिब कोयी राई
मकाउ : जुन २३ मकाउमा ‘एभरेष्ट हाइकिङ’ महावाणिज्य दुतावास हङकङ/मकाउ र गैरआबसीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा दोश्रो “एभरेष्ट हाइकिङ” मकाउको ताईपास्थित पाण्डा पार्क नजिकैको पेट्रोल पम्प गेटबाट शुरु भएर हाक्सा विच पिक्निक स्पोर्टमा सम्पन्न गरेको छ।

महामहिम राजदूत कमल प्रसाद भट्टराई, पुर्व गैरआवसीय नेपाली संधका अध्यक्ष सुदर्शन थापामगर र गैरआबसीय नेपाली संधका अध्यक्ष शान्ति देवि अधिकारीको नेतृत्वमा “एभरेष्ट हाइकिङ” -भिजिट नेपाल २०२०” सफल पार्न नेपाली महावाणिज्य दुतावास हङकङ/मकाउ साथै गैरआवसीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा मकाउमा कार्यरत नेपाली तथा विदेशी नागरिकको समेत सयौको संख्यामा उपस्थित जनसमुदायका विच भव्यरुपमा भिजिट नेपाल २०२० प्रचार-प्रसार स्वरुप औपचारिक रुपमा कार्यक्रम सम्पन्न भएको छ।

नेपाली महावाणीज्य दुतावस हङकङ/मकाउका राजदुत कमल प्रसाद भट्टराईले विशावकै अग्लो सगरमाथाको देश, यस्तो रचनात्मक कार्यक्रम आयोजना गर्दा नेपाल सरकारको पर्यटन बर्ष सन् २०२० सफल हुने विश्वास ब्यक्त गर्नुका साथै सहभागीका लागि हार्दिक आभार ब्यक्त गरेका थिए।

गैरआबसीय नेपाली संध मकाउका अध्यक्ष शान्ति देवी अधिकारी, पुर्व अध्यक्ष सुदर्शन थापामगर, गैरआबसीय नेपाली संध हङकङका अध्यक्ष टिका गुरुङ गायदले आफानो धारणा राखेका थिए। एभरेष्ट हाइकिङ मकाउमा रहेका विभिन्न संघ संस्थाहरुले समेत आफ्नो उपस्थिति जनाएको थिए।

पैदल यात्रामा सहभागीहरुलाई खानपान साथै पानीको राम्रो ब्यबस्था समेत रहेको उक्त कार्यक्रममा “एभरेष्ट हाइकिङ” भिजिट नेपाल २०२० प्रचारप्रसार गर्न मकाउ सरकार सम्बन्धित निकायमा आधिकारिक जानकारी गराएसंगै स्थानीय सरकारले सुरक्षा प्रबन्ध एम्बुलेन्स सेवा सहित कार्यक्रमले निराधारित समयमै समापन गरेको थियो।

फोटो : प्रकाश बुढाथोकी मगर

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...