News Portal

नेपाली पत्रकारले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने

हिमाली संचार संवाददाता
५७१ पटक

ट्युनिस : अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफ्जेको नेतृत्व पहिलो पटक अफ्रिका महादेशमा पुगेको छ । आइएफजेको ट्युनिसियाको राजधानी ट्युनिसमा भएको ३० औं अन्तर्राष्ट्रिय महासभाबाट पहिलो पटक अफ्रिकी महादेशबाट अध्यक्ष निर्वाचित भएका हुन् ।

बिहीबार सम्पन्न निर्वाचनबाट मोरक्कोका पत्रकार युनेश एम जाहेद निर्वाचित भएका हुन् । अफ्रिदी महादेशमै पहिलो पटक भएको यो महासभामा जाहेदले आफ्ना क्यानेडियन प्रतिस्पर्धी मार्टिन ए हालोनलाई ८८ मतको अन्तरले पराजित गरे ।

३ सय १५ मध्ये उनले दुई सय मत ल्याएका हुन् । नेपालबाट नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य तथा नेपाल प्रेस युनियनबाट अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी उक्त महासभामा सहभागी भएका छन् ।

महासभाबाट वरिष्ठ उपाध्यक्षमा पेरुकी जुलियाना लाइनेज विजयी भएकी छिन् । उपाध्यक्षद्धयमा भारतीय सबिना इन्द्रजित र रुसी टिमुर शफिर विजयी भएका छन् । बेलायती जिम बौमेल्हा कोषाध्यक्ष भएका छन् ।

जितपछि अध्यक्ष जाहेदले सबै पक्षलाई मिलाएर संस्थाको हकहितका लागि लडिरहने प्रतिवद्धता जनाएका छन् । कार्यसमिति सदस्यहरुको नतिजा भने शुक्रबार सार्वजनिक हुने युनियनका महासचिव शिवाकोटीले जनाएका छन् ।

नेपाली टोलीले नेपालबारे अवगत गराउँदै !

यसैबीच नेपाली टोलीले नेपालमा भइरहेका विभिन्न पत्रकारिताका कुण्ठित कार्यहरुबारे शुक्रबार नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई भेटेर जानकारी गराउने भएको छ ।

पछिल्लो समय नेपाल सरकारले मिडिया काउन्सिल विधेयकमार्फत नेपाली प्रेस जगतलाई नियन्त्रण गर्ने नीति बनाएपछि पत्रकार महासंघ, प्रेस युनियन लगायत आन्दोलनमा छन् । त्यसैगरी मिडिया मिसन बोलाउन आग्रह गरिने समेत शिवाकोटीले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...