News Portal

सुनुवार सेवा समाज कुवेतका अध्यक्ष गुण बहादुर सुनुवारको हृदयघातबाट निधन

हिमाली संचार संवाददाता
१७५५ पटक

कुवेत,१० अगस्ट – कुवेतमा गुण बहादुर सुनुवारको हृदयघातबाट निधन भएको छ  । सर्लाहीका सुनुवार कुवेतको समय अनुसार शुक्रबार दिउँसो १२:४० मा हृदयघातका कारण असामाहिक निधन भएको हो ।

लामो समयदेखी हट इंजिनीरिंग कम्पनीमा कामगर्दै आएका सुनुवारलाई बिहानै देखि अस्वस्थ महसुस गर्दै मेडिकल जान बाहिर निस्केको बेला उनको निवास नजिकै रोडमा लडिरहेको अवस्थामा कुवेत पुलिसले फेला पारी कुवेतको अदान हस्पिटल १२:०५ मा पुर्‍याए पनि १२:४० मा उनलाई डाक्टरले मृत घोषणा गरेको हो।

उनी सुनुवार सेवा समाज कुवेतका अध्यक्ष  समेत रहेका थिए । पार्थिव शरिर अहिले अदान हस्पिटलमा नै राखिएको भएता पनि शुक्रबार नै फर्वानिया रिफर गर्ने भएको जानकारी प्राप्त भएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...