News Portal

बेलायतमा लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयरमा निर्वाचित

हिमाली संचार संवाददाता
५७५ पटक

लण्डन : बार्नेट काउन्सिलको हेल वार्डका काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयरमा निर्वाचित भएका छन् । लन्डन बरो अफ बार्नेटको यहि मे २१ तारिख २०१९ तारिख बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो।

हरेक बर्ष बार्नेट काउन्सिलले काउन्सिलरहरु मध्येबाट नयां मेयर र उपमेयर चयन गर्ने क्रम अनुसार गुरुङ उपमेयरमा निर्वाचित भएका हुन ।बार्नेट काउन्सिल झन्डै चार लाख जनसंख्या भएको सबैभन्दा बढी जनसंख्या भएको काउन्सिल हो ।

गुरुङले उपमेयरमा निर्वाचित भएपछि सबै लाई धन्यवाद दिंदै बार्नेट काउन्सिल र नेपाली समुदायको बिचको सम्बन्ध लाई अझ बलियो पार्न मुख्य प्राथमिकता रहने र उत्तरपश्चिम लन्डनमा बसोबास गर्ने नेपाली समुदायको लागि एउटा सामुदायिक केन्द्र उपलब्ध गराउने बारे प्रयास गर्ने बताएका छन।

गुरुङ बेलायतको सबैभन्दा ठूलो सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट पहिलो भूतपूर्व गोर्खा उपमेयर हुन। गुरुङ ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजबाट सेवानिवृत्त हुन भने बेलायतमा कृयाशिल संस्थाहरु तमु धीं लण्डन इकाइका सल्लाहकार, ताङतिङ समाज युकेका अध्यक्ष र बर्न्टओक नेपाली समाजका पुर्व अध्य पनि हुन।

गुरुङ सन् २००५ देखि स-परिवार श्रीमती दुई छोरी र एक छोराका साथ बेलायतमा बसोबास गर्दै आएका छ्न। उनी गत वर्ष कन्जरभेटिभ पार्टीको तर्फ बाट बार्नेट काउन्सिलको हेल वार्डको काउन्सिलर निर्वाचित भएका थिए । गुरुङ नेपाली समुदायलाई पुर्‍याएइको सेवा र सहयोगको कदर स्वरुप बार्नेट सिभिक अवार्डबाट सम्मानित भएका थिए ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...