News Portal

दिल्ली-काठमाडौं बसमा भन्सार छलीका सामान सहित तीन जना पक्राउ

हिमाली संचार संवाददाता
६४४ पटक

दिल्ली -बस सेवाअन्तर्गत सञ्चालित बसमा भन्सार छलीका सामान ओसारपसार बढेको छ । प्रहरीले शुक्रबार मात्रै काठमाडौंको चमतीबाट भन्सार छलेर ल्याइएका १ करोड रुपैयाँभन्दा बढी मूल्यका सामानसहित काठमाडौं–दिल्ली सेवाको बस नियन्त्रणमा लिएको छ ।

गाडीको छतमा फल्सबटम बनाएर सामान ल्याएको आरोपमा चालक विष्णुकुमार विश्वकर्मा, कलंकी बस्ने दीपा राना र भरत तामाङ पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार महानगरीय प्रहरी वृत्त बालाजुले ना५ख ४८४२ नम्बरको बस नियन्त्रणमा लिएपछि चालक विश्वकर्मा प्रहरीलाई घूस खुवाएर उम्किन खोजेका थिए।

विश्वकर्माले बस प्रहरीले नियन्त्रणमा लिएको सूचना दिएपछि कलंकी बस्ने दीपा राना र भरत तामाङ तीन लाख रुपैयाँ नगद लिएर प्रहरी कार्यालय पुगेको प्रहरी परिसर काठमाडौंका एसपी वसन्त लामाले बताए।

सामान छाडिदिन आग्रह गर्दै उनीहरूले तीन लाख रुपैयाँ तत्कालै र कुरा मिलाए २१ लाख रुपैयाँसम्म दिने बताएको उनले जनाए। प्रहरीले घूस दिन ल्याएको ३ लाख तथा उनीहरूको साथमा रहेको शंकास्पद साढे दस लाख रुपैयाँसहित तीनै जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ६ सय ६० थान कुर्ता, २ हजार २ सय ९५ थान टप्स, २ सय ३४ थान पाइन्ट, ८ सय २९ थान सलसहितका कपडा बरामद भएको छ।

सलगत्तै प्रहरीले २०७४ चैत २८ गते दिल्लीबाट काठमाडौं आउँदै गरेको बा५ख १२३५ नम्बरको बसमा भन्सार छलेर ल्याइएको १ सय १२ थान मोबाइल बरामद गर्‍यो। महानगरीय प्रहरी वृत्त कालीमाटीले उक्त बसका चालक कृष्ण थापामगर र हरिबहादुर श्रेष्ठसहित सहयोगी भुवनबहादुर भुजेललाई पनि नियन्त्रणमा लियो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...