News Portal

बैशाख १ गतेदेखि तराईमा १ महिने मेला सुरु(फोटो फिचर)

हिमाली संचार संवाददाता
८६० पटक
रबिन्द्र बराल, मोरङ

बैशाख २ साेमबार : मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरी नयाँ वर्ष बैशाख १ गते का दिनका झकिझकाउ र सर्वसाधारणहरुले भरिभराउ रहेको थियो । भक्तजन र दर्शनार्थीको संख्या अत्यधिक मात्रामा रहेको थियो । उक्त स्थान मा युवा युवतीको सहभागिता पनि उत्तिकै देखिन्थियाे ।

सुनवर्सि महारज थानमा पशुपंक्षी बली दिनेको लस्कर बढिमात्रामा रहेको थियोे। पुजारी लाई भ्याइनभ्याइ भएको देखिन्थ्यो। बलीका लागि परेवाका बचेरा, कुखुरा र बोका, खसीकाे बलिदिने गरेको छ । माटोको हात्ती, कागजबाट बनाइएको फुलघाेडा बडिमात्रामा चडाउने गरेका छन । तराईमा बसाेवास गर्ने आदिवासीे ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवताकाे रुपमा सुनवर्षी महाराजको ग्रामथानमा बैशाख १ गते विशेष पुजा गर्ने गर्दछन ।

सुनवर्सिबाट वैशाखभरि माेरङकाे दक्षिणी भेगमा विभिन्न थानमा मेला हुने प्रचलन समेत रहेको छ ।उक्त मेलामा पूर्वी तराईको झापा, मोरङ र सुनसरी तथा भारतबाट समेत मानिसहरु आउने गर्दछन् । सुनवर्षी महारजाको ग्राम पूजा अर्चाना गरेमा आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको स्थानीय भाेलाई राजवंशी बताउँछन् ।

५० वर्षअगाडि देखि उक्त स्थानमा रहेको पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने र परापूर्वकालमा विवाह बटुलोका बेला भाँडाकुँडा र गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ती पनि रहेको पाईन्छ । तीन विघा १२ कठ्ठा क्षेत्रफलमा रहेको सुनवर्षी महाराजको ग्रामथान रहेको छ । जसमा २ विघामा पोखरी देख्न सकिन्छ ।

सुनवर्षीमहाराज ग्रामथान संरक्षण समितिका शिवदयाल राजवंशी यो ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको बताउँदै भन्छन्, ‘‘यसको संरक्षण र विकास नै हाम्रो चासो हो ।’’ उनले सुनवर्षीमा वर्षैभरि धार्मिक पर्यटक भित्र्याउने वातावरण स्थानीय रुपमा बनाउने प्रयास थालिएको बताए ।

हाल आएर स्थानीय राजवंशीहरूले सुनवर्षी पोखरीको डिलमा महाराजको एउटा मन्दिर पनि निर्माण गरेका छन् । मन्दिरमा आएर भाकल र पूजा गर्ने चलन छ । भाकल पूरा भए हर्षोल्लास गरिन्छ । सुनवर्षीलाई साक्षात् इश्वर मान्दछन । समितिका अध्यक्ष कुमार बुढाथोकीले पोखरीलाई अझ धेरै व्यवस्थित गरिदै लैजाने बताए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...