News Portal

बिहानसम्म टिकट बेचिरहेको एयरलाइन्स कम्पनी एकाएक किन भयो बन्द !

हिमाली संचार संवाददाता
५५६ पटक

आइसल्याण्ड : एयरलाइन्स कम्पनी वाओ एयरले आफ्नो सेवा बन्द गरेको छ । यसका कारण युरोप र उत्तरी अमेरिका जाने हज्जारौं यात्री विमानस्थलमा फसेका छन् ।

यो एयरलाइन्स कम्पनी ट्रान्स–अटलान्टिक अर्थात् अटलान्टिक पारीका स्थानलाई जोड्ने उडानका लागि चर्चित थियो । घाटामा चलिरहेको यो कम्पनीलाई पछिल्ला केही महिनादेखि बचाउने कोसिस पनि भइरहेको थियो ।

कम्पनीले एक बयान जारी गर्दै यसबारे जानकारी दिएको हो । जानकारीमा भनिएको छ, ‘वाओ एयरले आफ्नो सबै काम बन्द गरेको छ । यसका सबै उडान पनि रद्द भएका छन् ।’

कम्पनीले यात्रीहरुलाई अन्य एयरलाइन्स कम्पनीबाट टिकट खरिद गर्नसक्ने बताएको छ । कम्पनीले भनेको छ, ‘क्रेडिट कार्डबाट पैसा चुकाइसकेका यात्रीले क्रेडिट कार्ड कम्पनीसँग सम्पर्क गर्नुहोस् । जसले युरोपेली एजेन्टसँग टिकट लिएका थिए उनीहरुका लागि उनका एजेन्टले अन्य उडानको व्यवस्था गर्न सक्छन् ।’

साथै कम्पनीले यात्रीहरुले वाओ एयरबाट युरोपेली नियम अनुसार क्षतीपूर्ती समेत पाउन सकिने बताएको छ ।

कम्पनीका संस्थापक एवं मालिक स्कूली मोगेन्सनले कम्पनीका एक हजार कर्मचारीसँग माफी मागेका छन् । उनले सुरुवातमा कुनै कदम उठाउन नसकेकोमा आफूलाई कहिले पनि माफी दिन नसक्ने बताएका छन् ।

आइसल्याण्ड जाने लगभग एक तिहाई मानिसहरु वाओ एयरको उडानको प्रयोग गर्दथे र अब जानकारले कम्पनी बन्द भएपछि देशको पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने बताएका छन् ।

किन बन्द भयो वाओ एयरलाइन्स ?

सन् २०११ मा कम्पनीको स्थापना यसका मुख्य कार्यकारी अधिकारी स्कूली मोगेन्सनले गरेका थिए  । सन् २०१२ मा कम्पनीले उडान सुरु ग–यो र बिस्तारै आफ्नो जरा गाड्न थाल्यो ।

गत वर्षसम्म कम्पनीमा एक हजार कर्मचारी काम गरिरहेका थिए र ३५ लाख यात्रीले कम्पनीको ११ हवाईजहाजमा यात्रा गरेका थिए ।

कम्पनीले छोटो दुरीका साथै लामो दुरीको उडान सेवा पनि दिन्थ्यो जस्तै अमेरिकाको बस्टन र वासिङ्टनलदेखि कोपनहेगन र युरोपको एलिकान्ते शहरमा पनि कम्पनीको उडान पुग्थ्यो ।

ब्रिटेनको वेबसाइट का ट्रावल सम्पादक रोरी बोलेन्डका अनुसार जुन दिन कम्पनीले बन्द हुने घोषणा गर्यो त्यो दिन बिहान अर्थात् बिहिबार बिहान सात बनेसम्म टिकट बेचिरहेको थियो । त्यसकारण यस्तो घोषणा सुनेर यात्रीहरु चकित भए ।

हालै युरोपमा थुप्रै एयरलाइन्स कम्पनी कच्चा तेलको मूल्यवृद्धि र कडा प्रतिस्पर्धाका कारण बन्द भइसकेका छन् ।

सन् २०१७ मा मोनार्च र एयर बर्लिन बन्द भयो । सन् २०१८ मा अजुर एयर जर्मनी, कोबाल्ट एयर, प्रिमेरा एयर, स्मल प्लानेट एयरलाइन्स र स्काईवर्क बन्द भयो । यो वर्ष एयर इटली र मेरिडिनाको विलय भयो ।

सन् २०१९ मा जर्मनिया, फ्लिम्बी र वाओ एयरले आफ्नो पतन भोग्नुपर्यो । यो वर्ष चर्चित एयरलाइन्स कम्पनी रायन एयरले पनि आफ्नो पहिलो त्रैमासिकमा घाटा देखाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...