News Portal

बिहानसम्म टिकट बेचिरहेको एयरलाइन्स कम्पनी एकाएक किन भयो बन्द !

हिमाली संचार संवाददाता
६३९ पटक

आइसल्याण्ड : एयरलाइन्स कम्पनी वाओ एयरले आफ्नो सेवा बन्द गरेको छ । यसका कारण युरोप र उत्तरी अमेरिका जाने हज्जारौं यात्री विमानस्थलमा फसेका छन् ।

यो एयरलाइन्स कम्पनी ट्रान्स–अटलान्टिक अर्थात् अटलान्टिक पारीका स्थानलाई जोड्ने उडानका लागि चर्चित थियो । घाटामा चलिरहेको यो कम्पनीलाई पछिल्ला केही महिनादेखि बचाउने कोसिस पनि भइरहेको थियो ।

कम्पनीले एक बयान जारी गर्दै यसबारे जानकारी दिएको हो । जानकारीमा भनिएको छ, ‘वाओ एयरले आफ्नो सबै काम बन्द गरेको छ । यसका सबै उडान पनि रद्द भएका छन् ।’

कम्पनीले यात्रीहरुलाई अन्य एयरलाइन्स कम्पनीबाट टिकट खरिद गर्नसक्ने बताएको छ । कम्पनीले भनेको छ, ‘क्रेडिट कार्डबाट पैसा चुकाइसकेका यात्रीले क्रेडिट कार्ड कम्पनीसँग सम्पर्क गर्नुहोस् । जसले युरोपेली एजेन्टसँग टिकट लिएका थिए उनीहरुका लागि उनका एजेन्टले अन्य उडानको व्यवस्था गर्न सक्छन् ।’

साथै कम्पनीले यात्रीहरुले वाओ एयरबाट युरोपेली नियम अनुसार क्षतीपूर्ती समेत पाउन सकिने बताएको छ ।

कम्पनीका संस्थापक एवं मालिक स्कूली मोगेन्सनले कम्पनीका एक हजार कर्मचारीसँग माफी मागेका छन् । उनले सुरुवातमा कुनै कदम उठाउन नसकेकोमा आफूलाई कहिले पनि माफी दिन नसक्ने बताएका छन् ।

आइसल्याण्ड जाने लगभग एक तिहाई मानिसहरु वाओ एयरको उडानको प्रयोग गर्दथे र अब जानकारले कम्पनी बन्द भएपछि देशको पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने बताएका छन् ।

किन बन्द भयो वाओ एयरलाइन्स ?

सन् २०११ मा कम्पनीको स्थापना यसका मुख्य कार्यकारी अधिकारी स्कूली मोगेन्सनले गरेका थिए  । सन् २०१२ मा कम्पनीले उडान सुरु ग–यो र बिस्तारै आफ्नो जरा गाड्न थाल्यो ।

गत वर्षसम्म कम्पनीमा एक हजार कर्मचारी काम गरिरहेका थिए र ३५ लाख यात्रीले कम्पनीको ११ हवाईजहाजमा यात्रा गरेका थिए ।

कम्पनीले छोटो दुरीका साथै लामो दुरीको उडान सेवा पनि दिन्थ्यो जस्तै अमेरिकाको बस्टन र वासिङ्टनलदेखि कोपनहेगन र युरोपको एलिकान्ते शहरमा पनि कम्पनीको उडान पुग्थ्यो ।

ब्रिटेनको वेबसाइट का ट्रावल सम्पादक रोरी बोलेन्डका अनुसार जुन दिन कम्पनीले बन्द हुने घोषणा गर्यो त्यो दिन बिहान अर्थात् बिहिबार बिहान सात बनेसम्म टिकट बेचिरहेको थियो । त्यसकारण यस्तो घोषणा सुनेर यात्रीहरु चकित भए ।

हालै युरोपमा थुप्रै एयरलाइन्स कम्पनी कच्चा तेलको मूल्यवृद्धि र कडा प्रतिस्पर्धाका कारण बन्द भइसकेका छन् ।

सन् २०१७ मा मोनार्च र एयर बर्लिन बन्द भयो । सन् २०१८ मा अजुर एयर जर्मनी, कोबाल्ट एयर, प्रिमेरा एयर, स्मल प्लानेट एयरलाइन्स र स्काईवर्क बन्द भयो । यो वर्ष एयर इटली र मेरिडिनाको विलय भयो ।

सन् २०१९ मा जर्मनिया, फ्लिम्बी र वाओ एयरले आफ्नो पतन भोग्नुपर्यो । यो वर्ष चर्चित एयरलाइन्स कम्पनी रायन एयरले पनि आफ्नो पहिलो त्रैमासिकमा घाटा देखाएको छ ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...