News Portal

गौरादह खानेपानीको तात्यो चुनाबी माहौल : अघिअघि भण्डारी पछिपछि गौतम

हिमाली संचार संवाददाता
६६८ पटक

गौरादह : गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन यही चैत्र १६ गते शनिवार हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदमा बाबुराम भण्डारी र दुर्गा गौतम मैदानमा देखा परेका छन् । भण्डारी लोकतान्त्रिक समुहका तर्फबाट र गौतम प्रगतीशिल समुहबाट उम्मेद्वार बनेका हुन् । बाबुराम भण्डारी गौरादह खानेपानीमा विगत १० वर्ष देखी निरन्तर कार्यसमितिमा रहेर कार्य गरेका व्यक्ति हुन् भने गौतम अघिल्लो कार्यसमितिको उपाध्यक्ष भएर कार्य गरेका हुन् ।

अध्यक्षको उम्मेद्वारीमा कसले बाजी मार्ला भन्ने चर्चा चुलिए संगै दुबै पक्ष आफ्नो पोल्टामा जनमत तयार गर्न व्यस्त देखिएका छन् । गौरादह खानेपानीको निर्वाचनलाई लिएर हिजो आज गौरादहका चिया पसल र चोक चोकमा मानिसहरु कसले बाजी मार्ला भनेर बादविवाद गर्ने गरेको समेत पाईन्छ । एक तर्फी मतदाताहरु अध्यक्ष पदमा बाबुराम भण्डारीले अत्याधिक बहुमतले जित्ने कुरामा ढुक्क छन् ।

भण्डारी अध्यक्ष रहेको कार्यकालमा गौतम उपाध्यक्ष थिए । सर्वसम्मत रुपमा कार्यसमिति छनोट गर्ने तयारीमा रहेको भएता पनि भण्डारीलाई अध्यक्षमा पुनः उठाउनु पर्छ भन्ने जनमाहौल नै बढेपछि चुनाब हुने निश्चित भएको हो । भण्डारी गौरादहका आम खानेपानी उपभोक्ताले विस्वास गरेको नाम हो भन्नेहरु गौतम संग भण्डारीको तुलना गर्नै चाहादैनन् । भण्डारीको छेउमा गौतम कमजोर देखिएको स्थानीयको बुझाई छ ।

गौरादह खानेपानीको कोषमा १ करोड ५५ लाख रुपैयाँ जम्मा रहेको छ । गतवर्ष नै गौतम उक्त रकमबाट मिनिरल वाटरको प्mयाक्ट्री खोल्ने दाउमा थिए । अल्पमतमा रहेका भण्डारीले गौतमको प्रस्तावलाई ठाडै अस्विकार गरेको र समितिलाई टाट पल्टाउन बाट बचाएको खुलासा भएको छ । युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रहेका गौतमलाई पार्टी पंक्तिमा निकै हठी स्वाभावका नेताको रुपमा लिने गरेको पाइन्छ ।

गतवर्ष गौरादह नगरपालिकाको व्यथितिको वारेमा टिका टिप्पणी भईरहेको बेला आप्mनै पार्टीको बहुमत रहेको नगरकार्यपालिका विरुद्ध मनोमानी ढंगले एकलौटी रुपमा पे्रस विज्ञप्ती जारी गरेर पार्टी भित्र विवादित वनेका गौतमलाई आप्mनै पार्टीका नेता तथा कार्यकर्ताको मन जित्न समस्या रहेको बताइएको छ ।

स्कुलचौन मावीका प्रधानाध्यापक रहेका बाबुराम भण्डारीको विद्यालयलाई सिंगो मुलुक भित्रकै नमुना विद्यालयको रुपमा विष्लेशण गर्ने गरिएको छ । उनको कार्यकालमा उनले बिद्यालयलाई अंगे्रजी माध्यम मात्र गरेनन् १२ सय विद्यार्थी बाट बढाएर २५ सयको हाराहारीमा विद्यार्थी संख्या पु¥याउन सफल भए ।

यही चैत्र १८ गते उक्त विद्यालयको उद्घाटन प्रधानमन्त्री के.पी. ओलीले गर्ने कार्यक्रम रहेको बताइएको छ । गौरादह खानेपानी लाई समेत मुलुक भरीकै नमुना खानेपानीको रुपमा विकास गर्ने उद्देश्य रहेकोले पनि एक कार्यकाल पुर्ण बहुमत सहितको कार्यसमितिको निर्माणमा भण्डारीले मेहनत गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...