News Portal

राष्ट्रपतिलाई अयोग्य घोषणा गर्नुपर्छ : सैनिक प्रमुख

हिमाली संचार संवाददाता
४५२ पटक

अल्जेरियाका सैनिक प्रमुखले आफ्नो देशको राष्ट्रपतिलाई अयोग्य घोषणा गरेर हटाउनुपर्ने बताएका छन् । अल्जेरियामा केही हप्तायता राष्ट्रपति अब्देलअजीजविरुद्ध विरोध प्रदर्शन भइरहेको छ ।
टेलिभिजन सम्बोधनमा लेफ्टिनेन्ट जनरल अहमद जी सालेहले भने, ‘संविधानको दायराअनुसार यो संकटबाट निस्किने बाटो हामीले तुरुन्त खोज्नुपर्दछ ।’ उनले राजनीतिक समस्याको समाधानको ग्यारेन्टी संविधानले नै गरेको समेत बताए ।

उनले आफ्नो देशको संविधानको १०२ अनुच्छेदको प्रसंग उठाएका थिए । सो अनुच्छेदमा राष्ट्रपति यदि शासन गर्न असक्षम भएमा संवैधानिक परिषदले राष्ट्रपति पद रिक्त भएको घोषणा गर्ने व्यवस्था छ । राष्ट्रपति पद रिक्त भएमा राष्ट्रपतिको अर्को चुनाव नहुन्जेल संसद प्रमुख कार्यवाहक राष्ट्रपति बन्ने अल्जेरियाको संविधानमा व्यवस्था छ ।

सेना प्रमुखको यो अभिव्यक्तिपछि अल्जेरियाको राजनीतिक घटनाक्रममा नाटकीय मोड आएको बीबीसीले जनाएको छ । बीबीसीको उत्तर अफ्रिका सम्वाददाता राणा जावेदका अनुसार लेफ्टिनेन्ट जनरल अहमद जी सालेहलाई राष्ट्रपति अब्देलअजीजको बफादार मानिन्छ । तर, पछिल्लो अभिव्यक्तिले उनको उद्देश्यमा पनि प्रश्न उठेको छ ।

राष्ट्रपति अब्देलअजीज, अल्जेरियाको स्वतन्त्रता सेनानी हुन् । आठ वर्ष अगाडि अरब क्षेत्रमा भएको क्रान्तिको क्रममा अब्देलअजीज आफ्नो सत्ता जोगाउन सफल भएका थिए । उच्च वर्गसँग सम्बन्ध राख्ने अब्लेजअजीज पाश्चात्य रंग-ढंगमा ढल्किएको बताइन्छ ।

उनले अल्जेरियाको सत्ता सम्हालेको २० वर्ष पुगिसकेको छ । राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शनमा उत्रिएकाहरुले भने अब्देलअजीज आफ्नो कार्यकाल अझै बढाउने खेलमा लागेको आरोप लगाएका छन् । यद्यपि अब्देलअजीजले भने पाँचौं कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।

राष्ट्रपति अब्देलअजीज ८२ वर्ष पुगिसकेका छन् । उनलाई सन् २०१३ मा हृदयाघात भएको थियो । हाल उनी मुश्किलले हिँडडुल गर्न र बोल्न सक्छन् । सार्वजनिक कार्यक्रमहरुमा कहिलेकाहिँ मात्र उपस्थित हुन्छन् । यस्तो अवस्थामा रहेका राष्ट्रपतिले देश कसरी चलाउलान् भनेर अल्जेरियाका जनताले प्रश्न उठाउने गरेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...