News Portal

चिनिया सरकारद्वारा खोप काण्डको गम्भीर अनुसन्धान गर्न आदेश

५८५ पटक

बेइजिंग – चीनमा खोपका उत्पादनको सुरक्षामा चिन्ताको लहर फैलिएपछि चीन सरकारले सोमवार खोप काण्डबारे गम्भीर अनुसन्धान गर्न आदेश दिएके छ । गत साता खोप निर्माण कम्पनी चाँगसेंग बायोटेक्नोलोजी कम्पनीले रेविजको खोप सम्बन्धी उत्पादनको झुठो तथ्यांक बाहिर ल्याएको भेटाइएको थियो ।

सरकारले उक्त कम्पनीलाई आफ्नो उत्पादन रोकेर बजारमाआइसकेका अन्य रेविज खोपहरु फिर्ता लान आदेश दिएको थियो । उक्त खोपबाट मानव स्वास्थमा खासै हानी पु¥याएको अझै सम्म कुनैपनि प्रमाण फेला नपरेपनि यस विषयलाई लिएर जनमानसमा ठूलो सन्त्रास फैलिएको छ ।

सोमवार चाँंँगसेंगले आफ्नो सेयर व्यापार बन्द गरेपनि तिनीहरुको सेयरको मुल्यमा १० प्रतिशतले गिरावट आएको छ । जुलाईको मध्य भागमा उक्त खोप काण्डको पहिलो पटक भन्डाफोर भए यता यस कम्पनीको सेयर कारेवारमा ४७ प्रतिशतले गिरावट आइसकेको छ ।

आइतवार चिनियाँ प्रधानमन्त्री लि केकियँगले यस घटनाले मानिय नैतिकता सिमा नाघेको भन्दै यसमा संलग्न दोषिहरुलाई सख्त कारवाही गर्न आदेश दिइसकेका छन् ।

चीन सरकारको वेवसाइटमा राखिएको विज्ञप्तिमा प्रधानमन्त्रीले भनेका छन् , ‘ हामीले जनताको ज्यानको सुरक्षालाई खतरामा पार्ने अवैध र आपराधिक कार्यलाई पुर्ण रुपमा ध्वस्त पार्दै कानुनु तोड्नेहरुलाई प्रचलित कानुन बमोजिम कडा कारवाही गर्नेछौं । र , यस लापरवाहीपुर्ण कार्यको अनुगमनमा आएके कमि र कमजारेकी पनि कडा आलोचना गर्दछौं । ’

चाँगसेंगले यस घटना प्रति क्षमा मागद्यै भनेको छ , ‘ यस घटनाको कारण लज्जित र दोषि महसुस गरेका छौं । हामी औषधि सम्बन्धी कानुनी निकायसंग व्यापक आन्तरिक अनुसन्धानमा आवशयक सहयोग प्रदान गर्न तयार छौं । गत १५ जुलाईमा चीनको सरकारी औषधि प्रशासन ( एसडिए ) ले चाँगचुँग चाँगसेंगले आफ्नो फ्रिज –ड्राइड मानव रेविज खोप उत्पादन सम्बन्धमा झुठा तथ्यांग दिएको आरोप लागएको थियो ।

चिनिया आधिकारिक समाचार निकाय सिन्ह्वाका अनुसार यस कम्पनीले आफ्नो उत्पादन अभिलेख र उत्पादन अनुगमन अभिलेखबारे बढाइ चढाइ गरेको थियो । चिनिया खाद्यान्न तथा औषधि प्रशासन ( सिएफडिए ) ले रेविजको खोपहरु फिर्ता बालाइनुका साथै कम्पनीमाथि अनुसन्धान शुरु भइसकेको जनाएके छ । एजेन्सी

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...