News Portal

कांग्रेस बैठक बस्दै, संगठन सुदृढीकरण मुख्य एजेन्डा

हिमाली संचार संवाददाता
५५२ पटक

२२ साउन, काठमाडौं । संघीय संरचना अनुसारको संगठन निमार्णलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

केन्द्रीय कार्यलय सानेपा ललितपुरमा मंगलवार दिउँसो ३ बजे बस्ने वैठकमा पार्टीको संगठन सुदृढीकरणको विषयमा प्रमुखताका साथ छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

देश संघीयतामा गइसके पनि प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो संगठन संघीय संरचना अनुसार बनाएको छैन् । समसामयिक राजनीतिक विषयमा समेत शीर्ष छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रधानन्यायधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेपछि कांग्रेसले सुनुवाइ समितिको औचित्यतामाथि प्रश्न उठाएको छ । संसदमा समेत यो विषयमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलिरहेका बेला कांग्रेसका शीर्ष नेताहरुले केन्द्रीय समितिमा सम्बोधन गर्न लागेका हुन् ।

कांग्रेसका केही नेताहरुले सुनुवाइ समिति नै आवश्यक नरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...