News Portal

कांग्रेस बैठक बस्दै, संगठन सुदृढीकरण मुख्य एजेन्डा

हिमाली संचार संवाददाता
६९४ पटक

२२ साउन, काठमाडौं । संघीय संरचना अनुसारको संगठन निमार्णलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

केन्द्रीय कार्यलय सानेपा ललितपुरमा मंगलवार दिउँसो ३ बजे बस्ने वैठकमा पार्टीको संगठन सुदृढीकरणको विषयमा प्रमुखताका साथ छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

देश संघीयतामा गइसके पनि प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो संगठन संघीय संरचना अनुसार बनाएको छैन् । समसामयिक राजनीतिक विषयमा समेत शीर्ष छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रधानन्यायधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेपछि कांग्रेसले सुनुवाइ समितिको औचित्यतामाथि प्रश्न उठाएको छ । संसदमा समेत यो विषयमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलिरहेका बेला कांग्रेसका शीर्ष नेताहरुले केन्द्रीय समितिमा सम्बोधन गर्न लागेका हुन् ।

कांग्रेसका केही नेताहरुले सुनुवाइ समिति नै आवश्यक नरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...