News Portal

फिलिपिन्सका कम्युनिष्ट विद्रोहीसँगको सरकारी वार्ता भङ्ग

हिमाली संचार संवाददाता
५९६ पटक

मनिला : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स सरकारले त्यहाँका विद्रोही कम्युनिष्ट गुरिल्लाहरुसँग वार्ता गर्न लागि भनेर गठन गरेको सरकारी तर्फको वार्ता टोली भङ्ग गरेको छ। राष्ट्रपति डुटेर्तेको कार्यालयले जनाएअनुसार सो वार्ता टोली गत मङ्गलबार भङ्ग गरिएको हो। फिलिपिन्सका श्रमसम्बन्धी सचिवको नेतृत्वमा रहेको सो वार्ता टोलीलाई भङ्ग गरिएको जानकारी राष्ट्रपतिको कार्यालयले दिएको समाचारमा जनाइएको छ । सो वार्ता समिति चार सदस्यीय रहेको थियो ।

राष्ट्रपति डुटेर्तेले यहाँका कम्युनिष्ट विद्रोहीहरुसँगको वार्ता पनि यसअघि नै भङ्ग गरिसक्नुभएको थियो । त्यसैले सो समिति भङ्ग भएको जानकारी दिइएको समाचारमा जनाइएको छ । उहाँले सन् २०१७ को नोभेम्बरमा यहाँका विद्रोहीसँगको वार्ता एकतर्फी रुपमा सरकारले भंग गरेको जानकारी दिनुभएको थियो ।

राष्ट्रपति डुटेर्तेले सन् २०१७ को नोेभेम्बरमा सरकारको तर्फबाट त्यहाँका कम्युनिष्ट विद्रोहीसँगको शान्तिवार्ता स्थगित गरेको जानकारी दिनुभएको थियो । यहाँका विद्रोहीहरुले शान्ति वार्ताका लागि इमान्दारिता नदेखाएका र उनीहरुका व्यवहारबाट सरकार सन्तुष्ट हुन नसकेकोले आफ्ना तर्फबाट यो वार्ता नगर्ने भनी सरकारले घोषणा गरेको थियो ।
त्यसपछि पनि सरकारी तर्फको शान्ति वार्ता टोली रहेकोमा यसलाई अहिले आएर भंङ्ग गरिएको हो ।

सरकारले शान्ति वार्ताका लागि जोड दिएको भए पनि कम्युनिष्ट विद्रोहीहरुले भने हिंसात्मक आक्रमणहरु गर्ने गरेकोले सरकारी उनीहरुसँग बसेर शान्ति वार्ता गर्न नसक्ने भन्दै सरकारले सो वार्ता सन् २०१७ को नोभेम्बरदेखि नै रोकेको थियो । यहाँका कम्युनिष्ट विद्रोहीहरुले सन् १९६९ देखि फिलिपिन्सको सरकार फाल्न भन्दै हिंसात्मक आन्दोलन थालेका थिए ।

उनीहरुको हिंसा सन् १९८० को दशकमा आएर निकै बढेको थियो । त्यस समयमा नै यहाँका हजारौँ नागरिकले हिंसामा परी ज्यान गुमाएका थिए । यहाँको सरकारले यो विद्रोहलाई दबाउनका लागि समय समयमा सैनिक शासन पनि लगाउँदै आएको छ। फिलिपिन्सको सेनाले दिएको जानकारीअनुसार यहाँको यस कम्युनिष्ट विद्रोही समूहका लडाकू गुरिल्लाहरु सन् १९८० मा २६ हजार जना रहेका बताइएको थियो ।

तर अहिले सो सङ्ख्यामा कमी आएको यहाँको सेनाले जनाएको छ । सेनाको तथ्यांकअनुसार हाल यहाँका गुरिल्लाहरु चार हजारको संख्यामा मात्र सीमित रहेका छन् । तर यो सङ्ख्यालाई पनि यहाँको सेनाले भने राष्ट्रिय सुरक्षाका लागि चुनौतीका रुपमा नै लिएको बताइन्छ। (एजेन्सी)

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...