News Portal

फिफा विश्वकपमा उपबिजेता कालिनीचद्वारा पदक लिन अस्वीकार

६४५ पटक

लन्डन – क्रोएशियाका स्ट्राइकर निकोला कालिनीचले रजत पदक लिन अस्वीकार गरेका छन् । गत साता सम्पन्न फिफा विश्वकपमा उपबिजेता बनेको क्रोएशियाका स्ट्राइकर कालिनीचले रजत पदक लिन अस्वीकार गरेका हुन् ।

विश्वकप समूह चरणअन्तर्गत नाइजेरियाविरुद्ध भएको पहिलो खेलमा ढाडको समस्याका कारण वैकल्पिक खेलाडीका रुपमा मैदान जान नमानेपछि प्रशिक्षक ज्लाट्को डालिचले उनलाई सोझै घर फिर्ता पठाएका थिए ।

त्यसपछि भने उनले विश्वकपका अन्य खेल गुमाएका थिए तर क्रोएशिया टोलीको २३ सदस्यबाट भने उनको नामलाई यथावत नै राखिएको थियो । जसका कारण उनी पनि रजत पदकका हकदार बनेका हुन् । उनले भने,–“धन्यबाद तर मैले विश्वकपमा खेलिन । त्यसैले म यो पदक लिन सक्दिन ।“

प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शनसँगै फाइनल पुगेको क्रोएशियालाई कलिनीच जस्तो सशक्त स्ट्राइकरको अभाव भने खट्किएको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...