News Portal

फिफा विश्वकपमा उपबिजेता कालिनीचद्वारा पदक लिन अस्वीकार

८४८ पटक

लन्डन – क्रोएशियाका स्ट्राइकर निकोला कालिनीचले रजत पदक लिन अस्वीकार गरेका छन् । गत साता सम्पन्न फिफा विश्वकपमा उपबिजेता बनेको क्रोएशियाका स्ट्राइकर कालिनीचले रजत पदक लिन अस्वीकार गरेका हुन् ।

विश्वकप समूह चरणअन्तर्गत नाइजेरियाविरुद्ध भएको पहिलो खेलमा ढाडको समस्याका कारण वैकल्पिक खेलाडीका रुपमा मैदान जान नमानेपछि प्रशिक्षक ज्लाट्को डालिचले उनलाई सोझै घर फिर्ता पठाएका थिए ।

त्यसपछि भने उनले विश्वकपका अन्य खेल गुमाएका थिए तर क्रोएशिया टोलीको २३ सदस्यबाट भने उनको नामलाई यथावत नै राखिएको थियो । जसका कारण उनी पनि रजत पदकका हकदार बनेका हुन् । उनले भने,–“धन्यबाद तर मैले विश्वकपमा खेलिन । त्यसैले म यो पदक लिन सक्दिन ।“

प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शनसँगै फाइनल पुगेको क्रोएशियालाई कलिनीच जस्तो सशक्त स्ट्राइकरको अभाव भने खट्किएको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...