News Portal

सिन्धुपाल्चोकको निर्माण व्यावसायी संघमा मेयरका छोरा र वडाध्यक्षबीच प्रतिस्पर्धा

हिमाली संचार संवाददाता
६५० पटक

चैत ३, सिन्धुपाल्चोक : निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकको अधिवेशनमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङका छोरा छत्र तामाङ र वडानं २ का वडाअध्यक्ष दीपेन्द्र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

चैत ८ गते चौतारामा हुने अधिवेशनका लागि दुबैले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । जनप्रतिनिधि नै ठेक्कापट्टामा लागेको भनी आलोचना भइरहेका बेला मेयरका छोरा र वडाअध्यक्षबीच नै प्रतिस्पर्धा हुन लागेको हो ।

मेयर पुत्र छत्र तामाङले नेकपा समर्थित प्यानलबाट र वडा अध्यक्ष दीपेन्द्र थापाले कांग्रेस र राप्रपालगायतअन्य साना दलहरुको समर्थनमा उम्मेदवारी दिएका हुन् ।

तामाङ अघिल्लो अधिवेशनमा वर्तमान अध्यक्ष निलध्वज थापासँग पराजित भएका थिए । थापा दुई कार्यकालदेखि संघको सदस्य छन् । थापालाई पूर्वअध्यक्षहरु धर्मराज भण्डारी, हेमबहादुर बुढाथोकी र वर्तमान अध्यक्ष निलध्वज थापाको समर्थन छ । तामाङलाई वर्तमान उपाध्यक्ष एवं नेकपा जिल्ला सदस्य इन्द्र नेपाल, पूर्वसचिव श्यामकृष्ण श्रेष्ठलगायतका व्यवसायीको समर्थन छ ।

आफू अहिले वडा अध्यक्ष भए पनि निर्माण व्यवसायी संघमा लामो समयदेखि क्रियाशील भएकाले संघको निर्वाचनमा भाग लिएको अध्यक्षका प्रत्यासी थापाले बताए । निर्माण व्यवसायीको अध्यक्षमा निर्वाचित भएपछि दुवै संस्थालाई फरक फरक रुपमा लैजाने थापाले बताए ।

अध्यक्षका अर्का उम्मेदवार मेयरपुत्र तामाङले पनि आफू लामो समयदेखि यही क्षेत्रमा क्रियाशील रहेकाले नेतृत्वमा पुगेर संघलाई व्यवस्थित गर्ने बताए । प्रथम उपाध्यक्षमा प्रभातमान श्रेष्ठ र सगुन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...