News Portal

दीपक मनाङ्गेको क्षेत्रमा उपनिर्वाचन माग, कांग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव तयारी

हिमाली संचार संवाददाता
८९७ पटक

अमृत सुवेदी
पोखरा – कर्तव्य ज्यान मुद्दामा दोषी ठहर सांसद राजीव गुरुङ (दीपक मनांगे)को क्षेत्रमा उपनिर्वाचन गराउन गण्डकी प्रदेशका सांसदले माग गरेका छन् ।

जनमोर्चाका सांसद कृष्ण थापाले मनाङमा उपनिर्वाचन गर्न माग गरेका हुन् । त्यो क्षेत्रलाई जनप्रतिनिधिबिहीन अवस्थामा राख्न नहुने उनको भनाइ थियो ।

मनाङ प्रदेश सभा २ बाट निर्वाचित मनांगे सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल चलान भएका छन् । मनांगे निर्वाचित त भए तर, संसद छिर्नै पाएनन् ।

निर्वाचनलगत्तै पक्राउ आदेश भएपछि मनांगे केही समय फरार थिए । तर, केही समयपछि पक्राउ परे । स्वतन्त्र सांसदका रुपमा विजयी मनांगे सपथ नै नलिई जेल जानु पर्‍यो ।

अहिलेसम्म त्यो पद रिक्त छ । सोमबारको संसद बैठकमा बोल्दै सांसद थापाले पद रिक्त गर्न नहुने भन्दै तत्काल उपनिर्वाचन गर्न सरकारसँग माग गरेका हुन् ।

प्रत्यक्षतर्फ ३६ र समानुपातिक २४ गरि गण्डकी प्रदेशमा ६० जना सांसदको ब्यवस्था छ । तर हाल ५९ जना मात्रै छन् ।

सार्वजनिक महत्वको प्रस्तावको तयारी

प्रमुख विपक्षी दल कांग्रेसले पनि उपनिर्वाचन गराउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव राख्ने तयारी गरेको छ ।

संसद बैठकमा उपनिर्वाचन माग गर्नेदेखि सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नेसम्म कार्यक्रम रहेको नेपाली कांग्रेसका सांसद कुमार खड्काले बताए । ‘कानुनी रुपमा अयोग्य भइसकेपछि पनि एक जना खाली भएर संसद चलिरहेको छ,’ सांसद खड्काले भने, ‘तत्काल निर्वाचन गरेर जनप्रतिनिधि ल्याउन आवाज उठाउने र सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेर सम्बोधन गर्न लगाउनबारे निर्णय गर्न कांग्रेस छलफलमा छ ।’

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रदेश सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने प्रदेश सभा निर्वाचन ऐन-२०७४ मा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...